सुन्दर भुतपोखरी

सुन्दर भुतपोखरी कालिन्चोक भगबती मन्दिर जाने बाटोमा

भुतपोखरीको यात्रामा

घुम्घाम्की सिलसिलामा भुतपोखरीमा पुग्दा.

बिहानीपख

चरिकोटबाट देखिएको उषाको किरण संगै उड़ेको चरी.

मुस्कुराएको गौरीशंकर

बादलुको घुम्टो संगै हिउको ताज पहिरिएको गौरीशंकर हिमाल

घामको बिदाइ

कालिन्चोक एफ एम को भबनबाट देखिएको छितिजबाट लुक्दै गरेको सुर्य

Showing posts with label नयाँ खबर. Show all posts
Showing posts with label नयाँ खबर. Show all posts

Saturday, February 22, 2014

“हिउँले यसरी खाएको थियो नविनाको ज्यान”

अगिल्लो हप्ता भारतको दार्जिलिङबाट आफ्नो थातथलो घुम्न आएका एक परिवारलाई  दोलखाको कालिञ्चोक घुमाइ जिन्दगीकै सबभन्दा पीडादायक साबित भयो । हिमपातमा फसेपछि उनीहरुले आफ्नो परिवारको एक सदस्यनै गुमाउँनु  पर्यो । आज पनि फेरी हल्का बर्षा सँगै हिमपात सुरु भएको छ । हिमपातमा फसेपछि फसेर परिवारको सदस्य गुमाएको एउटा परिवारको कथा ।
कालिन्चोकमा परेको हिउँ नागरिक दैनिकबाट
दोलखा बाबरे–८ का विष्णुप्रसाद खतिवडा आफ्नी श्रीमती, छोरा र छोरीलाई लिएर कालिञ्चोक भगवती दर्शन गर्न जाँदा अत्यधिक हिमपात भयो । फर्कने बेलामा बाटो भुलेर दुई दिन जंगलमै अलपत्र परे ।

 वि.सं.२०५३ सालमा रोजगारका लागि दार्जिलिङ गएका थिए, विष्णुप्रसाद । उतै छोराछोरी जन्मिए । नेपाल फिर्ने अवसर जुरेको थिएन । यसपालि छुट्टीको मौका पारेर छोराछोरीलाई थातथलो देखाउन सपरिवार आइतबार सदरमुकाम चरिकोट आइपुगेका थिए ।

कालिञ्चोक भगवतीको भाकल रहेकाले गाउँ जानुअघि मन्दिर दर्शन गर्न जाने पतिपत्नीको सल्लाह भयो । त्यहीअनुसार चरिकोटबाट कालिञ्चोक लागेका उनीहरूले भगवतीको दर्शन गर्न त भ्याए, तर फर्कंदा बाटो भुले । त्यतिबेला कालिञ्चोकमा भारी हिमपात भएको थियो चरिकोटबाट १७ किलोमिटर टाढा रहेको कुरीभञ्ज्याङसम्म मोटरबाटो छ ।
 नियमित बस चल्दैन । गाडी रिजर्भ गरेर लैजानुपर्छ । त्यस दिन बिहानैदेखि पानी परेकाले रिजर्भ गाडी पनि पाइएन । उनीहरू हिँडेरै कुरीभञ्ज्याङ बजार पुगे । त्यहाँबाट एक घन्टा उकालो चढेपछि ३ हजार ८ सय मिटर उचाइमा रहेको कालिञ्चोक भगवती मन्दिरमा पुगे । अगिल्लो शुक्रबार र शनिबार परेको हिउँले कालिञ्चोक क्षेत्र पूरै ढाकिएको थियो ।

 ‘कुरी भञ्ज्याङ पुगेपछि छोराछोरीले भोक लाग्यो भने, उनीहरूलाई हल्का नास्ता गराएँ, दर्शन गर्नुपरेकाले श्रीमान् श्रीमती चाहिँ भोकै उकालो लागे मन्दिर पुगेर फर्कने बेला साँझको ४ बज्नै लागेको थियो । मन्दिरछेउको चिया पसलमा खाजा खाएर उनीहरू कुरी भञ्ज्याङ बजारतिर झरे । त्यतिबेला बादल मडारिएर पानी पर्न थालिसकेको थियो ।
उनीहरू हिउँले ढाकिएको चिप्लो बाटोमा सुस्तसुस्त अघि बढ्दै थिए । बादलले आकाश ढाकेर अन्धकार छाएको थियो । जब बजारनजिकैको फाँटमा पुगे, वरिपरि सेताम्मेबाहेक केही देखेनन् । यहीँनिर उनीहरूले बाटो भुले । बजारतिर झर्नुको साटो सोझै दाहिनेतिर हान्निए । त्यहाँबाट बजार केही पाइलामात्रै पर थियो, तर उनीहरू लगातार चार घन्टा हिउँको बाटो हिँड्दा पनि गन्तव्य भेट्न सकेनन् ।

 हिँड्दा–हिँड्दा जब भिरमा पुगे, तब मात्र उनीहरूले बाटो भुलेको चाल पाए । श्रीमती र छोरी दुवै रुन थाले । सबैजना चिच्याए । कराए । गुहार मागे । तर, कसैले सुनेनन् । धन्न मन्दिरबाट तल झर्ने बेलामै राजधानीमा रहेका दाजु तोयाको परिवारलाई खबर गरेका थिए । ‘उहाँहरूले मन्दिरबाट सोझै झर्न भनेर बाटो बताइरहनुभएको थियो, तर कुरा गर्दागर्दै मोबाइलको चार्ज सकियो,’ विष्णुले भने ।

 भोलिपल्ट घाम झुल्किएपछि पनि उनीहरूले बाटो खुट्ट्याउन सकेनन् । वरिपरि भिरपाखा र जंगलबाहेक केही देखेनन् । त्यो दिन पनि बस्ती भेटिन्छ कि भनेर लगातार हिँडिरहे । चप्पल लगाएकी पत्नी सिर्जनाको खुट्टा हिउँले फुटिसकेको थियो । छोरी नवीनाले चप्पलसँग मोजा लगाएकी थिइन् । दिनभरि हिँड्दा–हिँड्दा दुवैको खुट्टा हिउँले खाइसकेको थियो । खुट्टा पटपटी फुटेर रगत बग्न थालिसकेको थियो ।
त्यस दिन साँझसम्म हिँड्दा पनि उनीहरू अलपत्रै परिरहे । जति हिँडे पनि जंगलबाहेक केही भेटेनन् उनीहरुले । त्यतिबेलासम्म चिसो र लगातारको हिँडाइले छोरी थला परिसकेकी थिइन् । उनी एक पाइला सार्नधरी असमर्थ थिइन् । त्यसपछि विष्णुले छोरीलाई सम्हालेर पत्नी र छोरालाई सहयोग खोज्न केही माथिसम्म पठाए । सहयोगको खोजीमा निस्केका आमा–छोरा फर्कंदासम्म छोरी नवीनाको ज्यान गइसकेको थियो ।

 यसबीच सोमबार रातिसम्म पनि उनीहरू घर नफर्केपछि दाइ तोयाले प्रहरीलाई खबर गरे । मंगलबार बिहानै सदरमुकाम चरिकोटबाट प्रहरी र नेपाली सेनाको टोली खोजी र उद्धारमा खटियो ।
दिउँसोतिर मोबाइलको लोकेसन र कुरी भञ्ज्याङबाट झन्डै ३ घन्टा पर रहेको भिर नजिकै जंगलमा उनीहरू हिँडेको पाइला फेला पर्यो  । सुरक्षाकर्मी त्यसैलाई पछ्याउँदै अघि बढे । सेनाले डोरीको सहायताले उनीहरूको उद्धार गर्यो । अनि अस्पताल सम्म पुरायो .
सहकार्मी रमेश खतिवडाले दियको जानकारीको आधारमा

Wednesday, December 5, 2012

सिडिओसँग बाटो मागे लप्चीवासीले


“भीरमा किला खोपेर बनाइएको बाटोमा भीरको लहरा समाउदै हिड्नुपर्छ, तल हेर्दा कहालीलाग्दो तामाकोसी छ, जोगिएर हिड्ने, सडक छिटो बन्नु परयो” लप्चीका गाउँका कर्मा शेर्पा आइतवार दोलखामा निमित्त प्रमुख जिल्ला अधिकारी माधव अधिकारीलाई गुनसो गर्दै हुनुहुन्थ्यो । दोलखाको लामाबगर गाविस हुँदै चीनको सिमानासँग जोड्ने लामावगर–फलाक सडक तत्काल निर्माण गर्न माग गर्दै लामावगर गाविस स्थित लप्ची गाउँका वासिन्दाहरुले जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापन पत्र नै वुझाएका छन् ।
निमित्त प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै 
दोलखाको लामावगर गाविसमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाध स्थल निर्माण भएपछि उक्त सडक निर्माण गर्न नसकिने भएकाले आयोजना निर्माण हुनु पहिलेनै सडक निर्माण गर्नुपर्ने लप्चीवासीले माग गरेका छन् । सडक निर्माण हुँदै गर्दा फलाक र लप्ची वासीलाई आवतजावत गर्नका लागि पुरानो गोरेटो बाटो मर्मत हुनुपर्ने, माथिल्लो तामाकोशी आयोजनाले लामावगर गाविसको वडानम्बर २ र ३ वाट प्रयोग गर्ने गिटी र वालुवाको कर जिविसलाई नदिई सोही वडाको विकासका लागि खर्च गरिनुपर्ने, आयोजना निर्माण भइरहेको क्षेत्रलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न पहल गरी वातावरण सरसफाइ गर्नुपर्ने लगाएतमा माग सहितिको ज्ञापन पत्र लप्चीवासीहरुले निमित्त प्रमुख जिल्ला अधिकारी माधव अधिकारीलाई बुझाएका हुन् ।
ज्ञापन पत्र वुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी माधव अधिकारीले लप्ची वासीको मागलाई सम्वन्धित निकायसँग छलफल गरी समाधानको प्रयास गर्ने प्रतिवद्धता जनाउँनु भएको छ । उत्तरी चीनको सिमा सँग जोडिएको लप्ची गाउँमा १६ घरधुरीको वसोवास रहेको छ । अधिकाश परिवार चौरी पालन व्यवसाय गर्दै आएका उनीहरु नेपाली भाषा बोल्न समेत जान्दैनन् । बेलाबेलामा लामावगर हुँदै सदरमुकाम आउने बाटो नहुँदा आफुहरु पुरै रुपमा चीन सँग निर्भर रहनु पर्ने लप्चीवासीले गुनासो गर्दै आएका छन् ।
यही लामाबगरबाट चप्ची जोड्ने सडक जुन अलपत्र परेको छ । 
निर्माण व्यवसायीहरुले समयमै काम सम्पन्न नगर्दा नेपाल सरकारले चिनियाँ सिमा फलाक र लप्ची जोड्ने सडक आयोजना निर्माण अलपत्र परेको छ । सदरमुकाम चरिकोटबाट ६८ कोस टाढा लामाबगर पर्छ । त्यत्तिकै दूरीमा लामाबगरकै वडा नं. १ को लप्ची गाउ पर्छ । बहुचर्चीत माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाध बनेपछि लप्ची जाने बाटो झनै जोखिममा पर्ने देखिएपछि हिड्नै नपाउने चिन्ता लप्चीवासीको छ । पछि बाधमा पानी भरिएपछि अहिले भएको हिड्ने बाटोसमेत डुबानमा परेको छ । लामाबगरदेखि तिब्बती सिमाना ङयाङलुङसम्म १३ किलोमिटर दूरी छ । त्यसमध्ये ३ किलोमिटर माथिल्लो तामाकोसीको बाध प्रभावित क्षेत्र हो । 
सडक डिभिजन कार्यालय चरिकोटले ९ किलोमिटर सडकको टेन्डर गरेर सडक निर्माण सुरु गरे पनि २ किलोमिटरको पनि ट्रयाक खोलिएको छैन । कठिन भाग त बाँकी नै छ । त्यो सडक उत्तर–दक्षिण जोड्न सबैभन्दा छोटो मार्गसमेत हो । लप्चीबासी र माथिल्लो तामाकोसीका अधिकारीहरूले प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका उच्च अधिकारीहरु जिल्ला आउँदासमेत यो समस्या जाहेर गर्दै आए पनि यसको समाधान हुन सकेको छैन । लप्चीवासीसँग निमित्त प्रजिअ अधिकारीले सरोकारवाला निकायस“ग छलफल गरेर यसबारे माथिल्लो निकायमा पहल गर्ने आश्वासन दिनु भएको छ । ठेकेदारले सडकको काम नगरेपछि सडक कार्यालयले समेत पटक–पटक ताकेता गर्दै आएको छ ।
जिल्लास्थित सर्वदलीय बैठकले समेत अहिलेका ठेकेदारले दुई महिनाभित्र आङ्खनो काम पूरा नगरे ठेक्का तोडेर नयाँ प्रक्रियामा जानुपर्ने निर्णय यस अधिनै गरीसकेको छ । तीन वषर्देखि काम नहुँदा सडकको १२ करोड रुपैयाँ फ्रिज भइसकेको छ । नेपाली भाषा कष्टले बोल्ने तर तिब्बतीयन भाषा राम्रोसँग जान्ने लप्चीवासीको रहन सहन सबै तिब्बतीयनस“ग मिल्छ ।
नेपालतिर आउन कठिन बाटो भएकाले बजारका लागि तिब्बतको कुती र फलाकको भर पर्नुपर्छ । करिब ४ हजार मिटरको उचाइमा पर्ने लप्चीमा केही उब्जाउ हु“दैन । उनीहरूको पेसा चौंरीपालन नै हो । उनीहरु कातिक वैशाखसम्म लुम्नाङमा र जेठदेखि असोजसम्म लप्चीमा बस्छन् ।

Monday, October 15, 2012

दोलखामा ज्वाईन्ट यूनिट प्याट्रोल र क्रस युनिट प्याट्रोल

दोलखामा ओम अधिकारी प्रहरी नायव उपरिक्षक भएर आए पछि विभिन्न प्रकारका सुरक्षा शैलीको प्रयोग सुरु भएको छ । यसलाई सबैले सकारात्मक रुपमा लिएइएको छ । अहिले ज्वाईन्ट यूनिट प्याट्रोल र क्रस युनिट प्याट्रोल जस्ता सुरक्षा शैली अपनाइएको छ ।

दशैंलाई लक्षित गरी दोलखा प्रहरीले सुरु गरेको सुरक्षा रणनीतिका कारण दोलखाको शान्ति सुरक्षा सुदृढ हुदै गएको छ । 


दशै तिहार नजिकिँदै गर्दा जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षा व्यवस्था कडा बनाउने प्रयास गरेको छ । चाड पर्वको बेला अपराधिक गतिविधिमा बृद्धि हुनसक्ने देखिएकोले सुरक्षाको नयाँ शैली अपनाइएकोे जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक ओम प्रसाद अधिकारीले जानकारी दिनु भयो ।  चाडबाडलाई लक्षित मादक पदार्थ सेवन (मापसे) लाई पनि अहिले कडा पारिएको छ । केही दिन यता राति १० बजेपछि मापसे गरी सडकमा हिँड्ने जो कोहीलाई प्रहरीले शंकाको भरमा नियन्त्रनमा लिने कार्यको थालनी सुरु भएको छ । “केही लाई नियन्त्रणमा लिई छाडिएको छ ।” प्रहरी प्रमुख अधिकारीले भन्नु भयो । शान्ति सुरक्षा कायम गर्न हामी निकै प्रयास गर्ने छौ । 

दशैंको माहोलमा सार्वजनिक यातायातमाका यात्रुहरु दुर्घटनामा नपरुन् र  बसको छतको यात्रालाई पनि नियन्त्रण गर्न ट्राफिक चेकिङ्गलाई कडा पारिएको छ । “हुन त प्रहरी प्रशासनका देखिने भन्दा नदेखिने काम बढी हुने गर्छ । प्रहरी सक्रिय हुँदा अपराधिक घटना कम हुने गर्छन् ।” ५७ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी प्रमुख अधिकारीले भन्नु भयो । कतै पनि अपराधिक कार्य भएनन् भने प्रहरी प्रशासन सफल मानिने छ । प्रहरीले सुरु गरेको यो सकारात्मक कार्यलाई गाउँ गाउँ, कुना कन्धरा सम्म पुर्याउन गाउँ तहका प्रहरी चौकीहरुलाई पनि सक्रिय पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दोलखामा ओम अधिकारी प्रहरी नायव उपरिक्षक भएर आए पछि विभिन्न प्रकारका सुरक्षा शैलीको प्रयोग सुरु भएको छ । यसलाई सबैले सकारात्मक रुपमा लिएइएको छ । अहिले ज्वाईन्ट यूनिट प्याट्रोल र क्रस युनिट प्याट्रोल जस्ता सुरक्षा शैली अपनाइएको छ । ज्वाईन्ट यूनिट प्याट्रोलमा कुनै दुई वटा युनिटका प्रहरीहरु एकै ठाउँमा जम्मा भएर अर्को ठाउँमा गस्ति जाने र फर्केर फेरी आफ्नै युनिटमा जाने कार्यको सुरुवात भएको छ । यस्तो कार्यले गर्दा थोरै जनशक्तिले पनि प्रभावकारी काम हुन सक्छ भनेर देखाउन खोजिएको अधिकारीले बताउँनु भयो । 

क्रस युनिट प्याट्रोलमा भने एउटा युनिटको प्रहरी सार्वजनिक वसमा चढेर अर्को युनिट सम्म जाने र पुन फर्केर आफ्नो युनिटमा आउने गरिएको छ । यसबाट सार्वजनिक वसमा यात्रा गर्नेहरुले सुरक्षाको महसुस गर्न गरेका छन् । 

दोलखामा प्रहरी र सुमदाय मिलेर गर्न सकिने गतिविधिले पनि निरन्तरता पाएको छ । चरिकोटमा भीमेश्वर सामुदाकिय केन्द्र, दोखला युनाइटेड क्लव र लालीगुराँस युवा क्लवले घरबेटी उज्याले अभियान सुरु गरिएको छ । यो अभियान अन्र्तगत हरेक घरको अगाडी सडक उज्यालो हुने गरी रात्री समयमा बत्ति बाल्नका आग्रह गरिएको छ । बजार क्षेत्रमा रात्रिकालिन समयमा चोरीका घटनाहरु बढी हुने गरेको र अध्यारो हुँदा अपराधिक गतिविधिका लागि झन् सहज हुने भएकाले घर अगाडी बत्ति बाल्ने कार्यको सुरुवात भएको छ । 

Friday, October 5, 2012

चरिकोटको तर्साउने छात्राबास


सदरमुकामको एक मात्र उच्च माध्यामिक तहमा बिज्ञान बिषय पढाई हुने त्यही बिद्यालयको महिला फिडर छात्रावासमा रहेका छात्राहरु भने दैनिक रुपमा तर्सिन्छन । कोही बेहोस बन्छन र बेहोस हुने साथीलाई तिनै छात्राहरु आफै बोकेर धामी झाँक्रीकोमा पुरयाउछन् । छात्रावासमा डेढ बर्ष देखी बस्दै आएकी मनिका धनुकेकी अनुसार उनिहरुले रातको समयमा बेहोस हुने साथीलाई छात्रावासकै कर्मचारीले कैयौ पटक धामी झाँक्रीकोमा लगिसके । 

“जमाना आधुनिक भै सकेको छ । यो जमानामा पनि भुत प्रेतका कुरा गरेर हुन्छ र” म यसै भन्ने गर्थे भूत प्रेतका कथा मलाई सुनाउनेहरुलाई । सुरुमा हामी गाउँमा हुदा मेरा घरपट्टीका माइला हजुरबाले हामीलाई धेरै भुतप्रेतका कथा सुनाउनुहुन्थ्यो । त्यसो त वहाँ धामी पनि भएर होला । वहाँलाई यस्ता कुरा धेरै आउने गर्थे । अहिले वहाँ वित्नु भएको त्यस्तै ३ वर्ष जति भयो होला । वहाँले धामी बनेको बेला लगाउने गरेका मालाहरु अनि बजाउने गरेको ड्याङ्ग्रो मेरा आमाले हाम्रो घरमा ल्याएर राख्नु भएको छ । आमाले मलाई अहिले पनि सुनाउनु हुन्छ, सानोमा म विरामी हुँद धेरै पनि मलाई माइला हजुरबुबाले निको पार्नु भएको छ रे । 


जसले जे भनोस म भुत प्रेत अनि तर्साउने कुरामा खासै विश्वास गर्दिन् । यस्तो कुरा हुने बेलामा कति पटक त मेरा साथीहरुलाई मैले प्रतिकारनै गरेको छ । रेडियो शैलुङ सामुदायिक एफएमका स्टेसन म्यानेजर विष्णु सुवेदीलाई पनि भुत प्रेतका कुरा निकै आउँछन् । उनका कुरा पनि बेला बेलामा मैले प्रतिकार गर्दै आएको छु । नेपाली काँग्रेस दोखलाका सचिव तथा श्रष्टा केशवराज चौलागाई, सामाजिक अभियान्ता खिर्ब क्रान्ति, सहकर्मी जीवन लामा लगायत सँग मेरो बेला बेलामा भूत र तर्साउने कुराका बारेमा बेलाबेलामा तर्क विर्तक हुने गरेको छ । 

प्रविधिमा आएको परिवर्तनले हामीलाई केही कुरामा विश्वास नगर्न बाध्य पारेको छ । हामी भुत प्रेतका कुरा गर्दा तस्रिने गर्छौ । तर मेरो छोरो टेलिभिजनमा रातभर भुतका फिल्म हेरेर बस्ने गर्छ । हामी भन्ने गर्छौ अहिलेको यो आधुनिक जामानामा पनि कहि भुत हुन्छ र ? हुन त गएको वर्ष काठमाण्डौंको न्युरोडमा पनि दिउँसै भुत निस्केको कुराले ब्यापकता पाएको थियो । 

अहिले चरिकोटमा राती तस्राउने र डराउने अनि भुत प्रेतका कुराले निकै चर्चा पाएको छ । दोलखा सदरमुकाम चरिकोट स्थित कालिञ्चोक उच्च माविले बिद्यालयमै ‘एकाहा पुराण’ लगाएको समाचार दोलखाका पत्रकार रमेश खतीवडाले नागरिक दैनिक मार्फत ब्रेक गरे । मैले पनि नागरिक दैनिक पढेर थाहा पाए । यस अघि यो कुरा त्यति सार्वजनकि भएको पनि थिएन् । रातको समयमा छात्रवासका छात्राहरु तर्सने र केहीमा बेहोस हुने लक्षण देखापरेपछि बिद्यालयले ९ जना ब्राहमण जम्मा पारेर छात्राहरुको मनको डर हटाउन पुराण लगायो । तर पुराण लगाइए पनि छात्राहरुको देखिएको यो समस्या समाधान भएको छैन । 

डर भगाउने मनोबैज्ञानिक उपचार भन्दै बिद्यालयले लगाएको पुराण पछि छात्राहरुको होस्टेलमा रातको समयमा चिच्याउने र तर्साउने क्रम नरोकिएको विद्यार्थीहरु बताउँछन । कक्षा १२ की मनिका धनुकेले पुराण लगाईएको दिन यता समेत रातको १ देखी २ बजेको समयमा चिच्याएको आवाज सुनेको बताउनु हुन्छ । कालिञ्चोक उच्च माविको महिला छात्रावासमा पढ्ने बिद्यार्थीहरुमा तर्सने, डराउने र कहिलेकाहीँ बेहोस समेत हुने यो रोग भने नयाँ नभएको त्यहाँ पढाउने पुराना शिक्षकहरु बताउछन् । “यो ब्याचका बिद्यार्थीहरुमा मात्र यो लक्षण देखिएका हैन” शिक्षक शिव शिवाकोटीले भन्नुहुन्छ “यस अघिका छात्राहरुमा समेत त्यो समस्या देखा पर्दै आएको थियो” । 

झण्डै २ हजार मिटर उचाईको डाँडामा रहेको चरिकोटको मुख्य बजार क्षेत्र भन्दा करिब एक सय मिटर तल लामाचौर मैदान क्षेत्रमा पातलो जंगलको बिचमा पर्छ कालिञ्चोक उच्च मावि । भारतिय दुतावासले बनाईदिएको भव्य भवनमा बिद्यालय सञ्चालन हुदै आएको छ भने लामाचौर मैदानको भित्तामा छ नेदरल्याण्ड सरकारको सहयोगमा २०४१ साल तिर बनेको महिला फिडर छात्रावास । 

बुढापाकाहरुलाई उद्धृत गर्दै बिद्यालयका पुराना शिक्षकहरुले बताए अनुसार छात्रावास बसेको भवन कुनै बेला तमाङ समुदायका बच्चाहरुको चिहानका रुपमा थियो रे । चरिकोटे डाँडोमा बस्ती नबस्दा यो सिङगै डाँडो एउटा घारी र पाखोको रुपमा थियो । चरिघ्याङ र चोथाङ क्षेत्रमा तमाङ समुदायका केही घरहरु थिए  भने रामकोटमा न्यापाने ब्राम्हण र सिमपानी क्षेत्रमा थापाहरुका केही घर थिए । अहिलेको बजार क्षेत्रमा घारी थियो । “हो त्यही तल (जहाँ अहिले महिला छात्रावास छ) तामाङ समुदायको बच्चाहरु चिहान थियो रे” बिद्यालयका प्रधनाध्यापक नवराज न्यौपाने भन्नुहुन्छ । 

२०४१ देखी ४७ सम्म कक्षा ८ देखी १० मा बाहिरबाट पढ्न आउने छात्राहरुलाई राखेर सञ्चालन भएको छात्रावास ४७ तिर बन्द भएपछि त्यस यता बिचको समयमा जिल्ला शिक्षा कार्यालय समेत बसेको थियो । शिक्षा कार्यालय निस्केपछि बिचमा बन्द रहेको छात्रावासमा केही समय बिद्यालयकै शिक्षक बसे र २०६० सालबाट शिक्षा बिभागले पुःन सञ्चालनमा ल्याएपछि  छात्राहरु यहा बसेर अध्ययन गर्दै आएका छन् । 

पुरानो खालको परम्परागत भवन, भित्री उक्लीने भर्यारङको परम्परागत डिजाईन र छात्रावास भवनकै तल्लो तल्लाको दाँयापट्टी छेउमा रहेको चर्पी र त्यस वरपर दिउसो पनि हलुका अन्धकारमय वातावरण छ छात्रावास भित्र । दक्षिण तिर फर्किएको भवनको माथिल्लो तलाका ५ वटा कोठामा बस्ने छात्राहरु अधिकांश दक्षिणबाट उत्तर तिरै फर्किएका प्रत्येक खाटमा दुई जनाका दरले प्रत्येक कोठामा ४ जना सुत्छन् । उनिहरु बस्ने भन्दा वरपरका भवनहरुमा पनि कर्मचारी निवास, र बहिरा, दृष्टीबिहिन छात्रा, छात्राहरुको समेत भवन छ । छात्राहरुलाई  रेखदेख गर्ने वार्डेन र कर्मचारी माथिल्लो पट्टीको भवनमा बस्छन् । 
सदरमुकामको एक मात्र उच्च माध्यामिक तहमा बिज्ञान बिषय पढाई हुने त्यही बिद्यालयको महिला फिडर छात्रावासमा रहेका छात्राहरु भने दैनिक रुपमा तर्सिन्छन । कोही बेहोस बन्छन र बेहोस हुने साथीलाई तिनै छात्राहरु आफै बोकेर धामी झाँक्रीकोमा पु¥याउछन् । छात्रावासमा डेढ बर्ष देखी बस्दै आएकी मनिका धनुकेकी अनुसार उनिहरुले रातको समयमा बेहोस हुने साथीलाई छात्रावासकै कर्मचारीले कैयौ पटक धामी झाँक्रीकोमा लगिसके ।

 छात्रावासका छात्राहरुलाई पटक पटक बिभिन्न लक्षण देखिएको बिद्यार्थी लक्ष्मी थामीले बताउँनु भयो । थामी आफु पनि आफु बेला बेलामा त्रसाउने रोगको शिकार भएको सुनाउनु हुन्छ । “सोमबारको साँझ खाना खाने समयमा हलुका रिंगटा लागे जस्तो भाको थियो, केही कुराबाट तर्सिएँ,” उहाँले भन्नु भयो “मुटु दुखेपछि बेहोस भएर ढलेछु, मंगलबार राती साथीहरुले धामीको लगेपछि  ठिक भयो ”  छात्रावासकी अर्का बिद्यार्थी स्वस्थानी नेपालीका अनुसार साउन यता मात्र लक्ष्मी २ पटक, निष्मा एक पटक र कुमारी थामी एक पटक बेहोस भईसकेका छन् । उनका अनुसार कहिले सुतिरहेको बेलामा छाँया आएर थिचेपछि, चर्पी जाँदा केही कुराले समाएपछि लगायतका कारण साथीहरु बेहोस भएका छन् ।  

यसरी बोहोस हुने  आत्तिने र अत्तालिनेमा बढी ४ नं कोठामा बस्नेहरु छन् । “कहिले खाट हल्लियो भन्दै चिच्याउछन” २ नं कोठामा बस्ने मनिकाले भन्नु भयो । मनिकाले अधिकांश छात्राहरुमा तर्सिने सगैँ, रिगँटा लाग्ने, जिउँ अरअरो हुने, ज्वरो आउनलाई जिउ दुखुको जस्तो हुने लगायतका समस्या छात्राहरुमा बेला बेलामा देखा पर्ने गर्छ । छात्रावासमा १६ देखी २१ बर्ष उमेरका छात्राहरु बस्छन् । 

विद्यालयका प्रधानाध्यापक नवराज न्यौपाने छात्राहरु तर्सिने गरेको स्विकार गर्नु हुन्छ  “मानिस मरेपनि उसको आत्मा जिवित रहन्छ भन्ने कुरामा अमेरिकन सहित संसारका विकसित मुलुकका मानिसहरु विश्वास गर्छन” न्यौपाने भन्नु हुन्छ “त्यही आत्मा वा अन्य कुनै कुराले उनिहरुमा मनोवैज्ञानिक डर उत्पन्न भएको हुनसक्छ । ”  


Wednesday, September 12, 2012

आफ्नो जिमेल अकाउण्ट कसरी सुरक्षित राख्ने ?



साइबर अपराधको दर बढिरहेको छ । हरेक दिन अनलाइनमा ह्याकिङ तथा अन्य अपराध बढिरहेको बेला हामीले आफ्नो मेल आइडी तथा अरु निजि अनलाइन अकाउण्टको सुरक्षाको लागि निकै चनाखो हुनुपर्ने आवश्यकता खटि्करहेको छ, ता की कोही बाहिरी व्यक्तिले हाम्रो निजि मेल अकाउण्ट ओपन गर्न नसकोस् ।

तपाइँलाई थाहा छ ? सबैभन्दा चल्तीको इमेल सेवा जिमेलमा खोल्नुभएको तपाइँको अकाउण्ट तपाइँ आफैले पर्ूण्ातया सुरक्षित बनाउन सक्नुहुन्छ । जिमेलमा यस्तो फिचर्स राखिएको छ जसबाट तपाइँको जिमेल अकाउण्ट अरुले ह्याक गर्न असम्भव हुन्छ । यसलाई टू स्टेप भेरिफिकेसन सेफ्टी भनिन्छ ।

Sunday, September 9, 2012

सम्झनामा विश्वेश्वर प्रसाद कोइराला


विश्वेश्वर प्रसाद कोइराला (इ.सं.1914 – 21 जुन 1982) नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली तथा हिन्दी भाषाका साहित्यकार हुन् । उनले आफ्नो जीवनको लामो समय सम्म नेपाली कांग्रेसको नेतृत्व, 1959 देखि 1960 सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनैतिक नेतृत्व प्रदान गरे । नेपाली भाषा साहित्यमामा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरे ।

Thursday, September 6, 2012

शैक्षिक अवस्था सुधारका लागि साझा प्रतिवद्धता


दोलखाको वर्तमान शैक्षिक अवस्थालाई सुधार गर्नका लागि जिल्ला स्थित सरोकारवाला व्यक्तिहरुले साझा प्रतिवद्धता व्यक्त गरेका छन् ।
शिक्षा दिवस २०६९ को अवसरमा दोलखा सदरमुकाम चरिकोटमा जिल्ला विकास समिति दोलखा र जिल्ला स्तरिय शिक्षा सरोकार समन्वय समिति दोलखाले आयोजना गरेको खुल्ला वहस कार्यक्रममा आठ बुँदे प्रतिवद्धता व्यक्त भएको हो ।
जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि, शिक्षक विद्यार्थी संग संगठनका प्रतिनिधि, जिल्ला शिक्षा अधिकारी सहित नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी शिक्षक, विद्यार्थी शिक्षा क्षेत्रमा काम गर्ने संघ संगठन समेतको सहभागितामा दोलखामा विद्यमान शैक्षिक अवस्थाका बारेमा छलफल पश्चात लिखित प्रतिवद्धता व्यक्त भएको हो ।

Tuesday, September 4, 2012

समाचारहरुको समिक्षा कार्यक्रम



दोलखाका पुराना पत्रकार चिरञ्जीवी मास्केले यो बर्ष लेख्नु भएको समाचारहरुको समिक्षा कार्यक्रम हुँदै छ ।  चरिकोट मिडियो सेन्टरको आयोजनामा  । ४ बजे नेपाल पत्रकार महासंघ दोलखाको कार्यालयमा । इन्छुकहरुलाई सहभागिताका लागि अनुरोध छ ।