शेरबहादुर भुजेल
विश्वकै अग्लो स्थानमा रहेको दोलखाको गौरीशंकर गाविसमा पर्ने च्छोरोल्पा हिमताल जुनसुकै वेला फुट्न सक्ने खतरा वढ्दै गएपछि स्थानीयवासीहरु त्रसित बनेका छन् ।
तालको दाँयातिरबाट निरन्तर रुपमा माटो खस्दै गएको र बढ्दो तापक्रम सँगै हिउँ पग्लेर तालको लम्वाई र चौडाई वढ्दै गएकाले ताल फुट्न सक्ने खतरा बढेको भर्खरै त्यहाँ पुगेको फर्कनु भएका नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष राजनबहादुर शिवाकोटीले बताउँनु भयो । “हिमतालको रेखदेखको लागी राखिएको सुरक्षाकर्मीहरु नियमित रुपमा नबस्दा जुनसुकै बेला खतरा बढ्न सक्ने त्यहाँको स्थानियवासिहरुको गुनासो रहेछ ।” शिवाकोटीले भन्नु भयो ।










