Thursday, January 24, 2013

दुर्गाको बिलौना


पहिले पनि चार वर्ष मलेसिया बसेर आएका गणेश गाउँमा पषल सञ्चालन गरे । पषलबाट राम्रो फाइदा हुन नसकेपछि कमाएर ल्याएको पैसा मात्र सकिएन थप ऋणमा परे पछि पुन मलेसिया जाने सोच बनाए । पहिलाको ऋण पनि तिर्ने र कमाएर ल्याउने सपना बोकेर उनी गएको भदौमा मलेसिया उडेका थिए ।
दक्षिणी दोलखाको च्यामा गाविस –४ ठुलीबारीकी दुर्गा फुयालका आँखा ओभानो नभएको दुई महिना पुग्नै लाग्यो । पैसा कमाउँन भन्दै गत भदौमा मलेसिया पुगेका श्रीमान् गणेश फुयाँल गम्भीर दुर्घटनामा परी दुबै खुट्टा गुमाए पछि अहिले फुयाल परिवारलाई चिन्ताले सताएको छ । 
गणेश फुयाल 
श्रीमान् गणेश दुर्घटनामा परे पछि अहिले दुर्गालाई तीन छोरी र एक छोरा कसरी हुर्काउने भन्ने समस्याले सताएको छ । उता श्रीमान् परदेशको अस्पतालमा छटपटाई रहेका छन् । यता गाउँको परिवारमा के खाने भन्ने समस्या छ । खेतवारी धेरै नहुनु र आम्दानीको गतिलो माध्यम पनि नभए पछि गणेशले पषल सञ्चालन गरेका थिए । तर गाउँमा सञ्चालन गरेको सानो व्यवसायमा आम्दानी हुन नसकेपछि मलेसिया पुगेका गणेशको गएको पुष २७ गते दुर्घटनामा परी दुबै खुट्टा गुमाउन पुगेका हुन् । उनको अहिले मलेसियामै उपचार भईरहेको छ । 
गणेश यसरी दुर्घटनामा परेका थिए, फेसुबकमा अपलोड भएको तस्वीर 
पहिले पनि चार वर्ष मलेसिया बसेर आएका गणेश गाउँमा पषल सञ्चालन गरे । पषलबाट राम्रो फाइदा हुन नसकेपछि कमाएर ल्याएको पैसा मात्र सकिएन थप ऋणमा परे पछि पुन मलेसिया जाने सोच बनाए । पहिलाको ऋण पनि तिर्ने र कमाएर ल्याउने सपना बोकेर उनी गएको भदौमा मलेसिया उडेका थिए । गणेशका भाई दिपक फुयाल पनि मलेसिया गएका थिए । दाजु भाई एउटै कम्पनीमा काम गर्थे । गणेश दुर्घटनामा परे पछि अलिहे दिपकले नै उनको स्याहार गरिरहेका छन् । “कमाउँन गएका श्रीमान पनि अपाङ्ग बने अब छोराछोरी कसरी पाल्ने कसरी पढाउँने श्रीमान् जादा लागेको ऋण तिर्न पनि समस्या पर्ने भो ।” मंगलबार च्यामा स्थित गणेशको घरमा पुगेका सञ्चारकर्मी सँग पीडा सुनाउँदै हुनुहुन्थ्यो दुर्गा । 
गणेशकी आमा चन्द्रमाया फुयाँलका दिन पनि अहिले रोएरै वित्ने गरेका छन् । छोराछोरा सानै हुदै गर्दा श्रीमान्को मृत्यु भए पछि चन्द्रमाया छोराहरु पालेर वसेकी थिइन् । निकै दुःख गरेर हुर्काएको छोरो पराइको देशमा थला परे पछि अहिले चन्द्रमाया पनि निकै चिन्तामा पर्नु भएको छ । “न जा गाउँमा केही गर भन्दा मानेर अहिले यस्तो सुन्नु पर्यो, अब के गर्ने, कसले हामीलाई सहयोग गर्छ” चन्द्रमायाको गुनासो छ । 
गणेशका अहिले तीन छोरी र एक छोरा छन् । जेठी छोरी शर्मिला ९ कक्षामा पढ्छिन भने माइली छोरी प्रमिला ८ कक्षामा र कान्छि छोरी सोविता ७ कक्षामा पढ्छन् । तीन छोरी पछि जन्मिएका कान्छा छोरा सुरज ४ कक्षामा पढ्छन् । कमाउन गएका बाबुको हालत सुनेर छोरीहरु पनि अहिले भविष्यको चिन्ताले दुब्लाउँन थालेका छन् । 
अहिले चिन्तामा परेको छ गणेशको परिवार
दुर्घटना परेका श्रीमान्को उपचार र उचित क्षतिपुर्ती दिएर छिटो भन्दा छिटो नेपाल ल्याउन सहयोग गर्न दुर्गाले सञ्चारकर्मीलाई समक्ष आग्रह गर्नु भयो । “कतैबाट सहयोग नमिल्ने हो भने श्रीमान जाँदा लगको ऋण तिर्न पनि सकिन्न्, अब उनलाई पाल्न पनि साहरा चाहिने भो के गर्ने होला ।” दुर्गाको गुनासो थियो । 
गणेश मलेसिया जाँदा मात्र दुई लाख रुपैयाँ ऋण लागेको छ । पहिलाको समेत गर्दा त्यो भन्दा बढी हुन आउँछ । “अगिल्लो दिन फोनमा समेत पुषको अन्तिम सम्ममा पैसा पठाई दिन्छु भन्नु भएको थियो । भोलीपल्ट यस्तो सुन्नु पर्यो।” दुर्गाको भनाई थियो । गणेशकी आमा चन्द्रमाया पनि कम्पनी र सरकारले क्षतिपुर्ती दिनु पर्ने र छोराको उपचार गरिदिनु पर्ने बताउँनु हुन्छ ।

0 comments:

Post a Comment