Sunday, February 2, 2014

सिडिओले मार्कर समाउँदा

विषयवस्तु र माहोललाई पछ्याएर कुरा गर्न सिपालु हाम्रा प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेल कुनै पनि कार्यक्रममा उपस्थित हुँदा सहभागीहरुको ध्यान केन्द्रित गर्न पनि सिपालु हुनुहुन्छ ।
कार्यक्रमहरुमा प्राय अनौपचारिक रुपमा प्रस्तुत हुने वहाँको प्रवृत्तिलाई धेरैले मन पराएका छन् । छन्छबद्ध कविता वाचन गर्न विशेष दख्खल राख्नुहुने पोखरेलका कविता सुन्न भने पछि धेरैजना हुरुक्कै हुन्छन् ।
साक्षर दोलखा अभियानलाई सफल बनाउँन भन्दै जिल्ला शिक्षा कार्यालय दोलखाले अहिले विभिन्न कार्यक्रम सञ्चालन गर्दै छ । आउँदो असार मसान्त भित्र दोलखा जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने लक्ष्यका साथ अभियान सुरु भएको छ ।
कुरो शनिवार हो । सदरमुकाम चरिकोटबाट केही मिटर दुरीमा रहेको कुटीडाँडा उच्च मावि मकैबारीमा साक्षरता कक्षा सञ्चालन गर्ने स्वयमंसेवकहरुको प्रशिक्षण चलीरहेको थियो । निरक्षर व्यक्तिलाई साक्षरता कक्षामा सहभागी हुन आग्रह गरिएको निमन्त्रणा पत्र हस्तानतरणका लागि पोखरेल मकैवारी पुग्नु भएको थियो । साथमा दोलखाका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्ले र जिल्ला शिक्षा कार्यालय दोलखाका विद्यालय निरीक्षक गोपालनारायण श्रेष्ठ हुनुहुन्थ्यो । निमन्त्रणा पत्र हस्तानतरण पछि जब मन्तव्य लागि आग्रह गरियो । वहाँ त मार्कर बोकेर सेतोपाटी तिर लम्कनु भयो ।
तालिममा झण्डै ६६ जना किशोरीहरु सहभागी थिए । पोखरेलले केही शब्द लेख्दै त्यसको उच्चारण र लेखाइका बारेमा सिकाउँनु भयो । शिक्षकले विद्यार्थीहरुलाई कक्षा कोठामा पढाएको शैलीमा साक्षर दोलखा अभियानका बारेमा सहभागीहरुलाई बताउँनु भयो ।  सिडिओ साप्को अध्यापनलाई सहभागीहरुले ध्यान मात्र दिएनन् साच्चै शिक्षक र विद्यार्थीको जस्तो गरी प्रश्नहरुको पो सोध्न थाले ।
अहिले जिल्ला शिक्षा कार्यालय दोलखाले १ करोड ७२ लाख रुपैयाँ खर्च गरेर साक्षर दोलखा अभियान सुरु गरेको छ । अभियान अन्र्तगत जिल्लाका १६ वटा गाविसमा व्यापक रुपमा साक्षरता कक्षाहरु सञ्चालन हुने छन् । अक्षर चिन्ने अभियानमा कोही पनि नछुटुन भनेर मागका आधारमा जिल्लाका अन्य क्षेत्रमा पनि सारक्षरता कक्षा सञ्चालन गर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

0 comments:

Post a Comment