Monday, September 17, 2012

पत्रकारका नजरमा पत्रकार, सुवासका दृष्टिमा शेरबहादुर





नितान्त व्यक्तिगत कुरा  मेरो नजरमा पत्रकार शेरबहादुर भुजे

सुवास योञ्जन 

यो स्तम्भ सुरु गरेसँगै धेरै टिकाटिप्पणी खेप्दै आएको छु । धेरैले राम्रो भनेका छन्, भने केहिले व्यक्तिवादी भनेर टिप्पणी गरेका छन् । म ती टिप्पणीहरुलाई साथमा लिदै यो स्तम्भलाई अगाडी वढाउदै आएको छु । मान्छेको जात न हो, कहिल्यै सन्तुष्टि हुदैन । त्यस माथि हाम्रो यस दोलखा जिल्लाका अधिकाशं व्यक्तिहरु र केहि सञ्चारकर्मी मित्रहरु पनि आफ्नो भन्दा पनि अरुको कुरा नगरी खाना पनि पच्दैनकी भन्ने सोचमा रहेको देखिन्छ । चिया पसलमा होस या सातदोवादोमा होस या कुनै सार्वजनिक कार्यक्रममा होस, एक अर्का विच एकले अर्काको कुरा नकाटी वसेको देख्न र सुन्न कमैमात्रामा पाईन्छ । यहाँ आफु पनि गर्न नस्कने र अरुले पनि गरेको देख्न नस्कनेहरुको सख्या धेरै रहेको छ । म त भन्छु, की सके राम्रो गर्नु नसके अरुलाई नराम्रो नगर्नु र नराम्रो नभन्नु । यही सिद्धान्तलाई आत्मासाथ गर्न म सवै सञ्चारकर्मीहरु र आम नेपालीहरुलाई आग्रह गर्न चाहन्छु । यहाँ आफ्नो भन्दा पनि अरुकै भरमा वाच्नेहरुको सख्या वढि नै रहेको छ । एक कप चियाको पैसा तिर्न नस्कनेहरु चिया पसलमा वसेर करौडौको कुराहरु गरेर वसेको पनि देखिन्छ भने १० रुपैयाको चिया खाएर एक घण्टा वेकरीमा वसेर देशविदेशको गफ हाक्नेहरुको पनि सख्यामा वृद्धि भएको छ । यी त भए हामी नेपालीहरुको सवै भन्दा राम्रो वानी ।
     अव सुरुगर्न चाहन्छु, कालिञ्चोक एफ.एम. १०६.४ मेगाहर्जका समाचार संयोजक, कालिञ्चोक सन्देश साप्ताहिकका प्रवन्धक एवं एविसि टेलिभिजनका दोलखा संवाददाता शेरवहादुर भुजेलको बारेमा । उनि भर्खरै मात्र देवदास स्मृति पत्रकारिता पुरस्कार २०६८ वाट समेत पुरस्कृत भएका छन् ।  दोलखाको पवटी गाविसमा जन्मीएका पत्रकार भुजेल एक क्षमतावान पत्रकारको रुपमा जिल्लामा स्थापित भएका छन् । २०६३ सालवाट व्यवसायीक रुपमा पत्रकारिता सुरु गरेका भुजेल सवैसंग मिलनसार रहेका छन् । गाउमै एस.एल.सी. पास गरेर सदरमुकाम आए लगत्तै उनले पत्रकारिता सुरु गरेका थिए ।



 उमेर एक विस आधा जत्ति भएका भुजेल सधै चटक्क परेर सजिएर हिड्ने पत्रकार भित्र पर्ने गरेका छन् । उनको सवैभन्दा वढि सोख भनेको जुत्ता टलक्क टल्काएर हिड्ने रहेको छ । त्यहि भएर पनि हुन सक्छ अझै पनि उनि सँग गफिने र लठ्ठिनेहरुको सख्यामा वृद्धि भएको छ । २०६४ सालमा उनले नेपाल पत्रकार महासघको सदस्यता पाएका थिए । उनले एक कार्यकाल पत्रकार महासघ दोलखाको कार्यसमितिमा रहेर काम गरीसकेका छन् । उनले गरेका कामहरु अहिलेसम्म कुनै पनि विवादीत रहेका छैनन् । उनमा प्रतिवेदन लेखन सम्वन्धी विषेश ज्ञान रहेकोले पनि उनलाई पत्रकार महासघको हरेक कार्यक्रममा समावेश गर्ने गरेको छ । केहि व्यक्तिहरुले अध्यक्षको नजिक भएकोले सधै कार्यक्रममा समावेश गरिन्छ भन्ने आरोपहरु रहे पनि उनको क्षमताले गर्दा ति आरोपहरु निराधार हुदै गएको छ । लगनशिल र क्षमतावान भएकै कारण उनि अहिलेसम्म सफल भएका छन् । कहिले काहीँ केहि कुराको ख्याल नगरी नै वोलीदिँदा भने उनि विवादमा तानिने गरेका छन् । उनलाई केहि कुरा वोलेपछि त्यसको परिणाम कस्तो हुन्छ भन्ने कुरामा भने उनलाई अझै ज्ञान रहेको छैन । यस्ले गर्दा उनि धेरै पटक पछाडी परेका छन् । उनले यो कुरालाई तत्काल सञ्चाउनु पर्ने देखिन्छ । त्यस्तै आफु भन्दा सानाहरुलाई आदरसत्कार गर्न छुटाउने गरेका छन् । यस्ले गर्दा पनि केहि साथीहरु उनि देखी रुष्ट भएको देखिन्छ । त्यति मात्र नभएर उनकै कार्यालयका कर्मचारीहरु पनि प्याच्च वोल्नेवानिले रुष्ट रहेको पाईन्छ । उनीसँग कार्यालय सञ्चालनको राम्रो ज्ञान रहेको छ । अन्य पत्रकारहरु भन्दा पनि उनि अलि घमण्डी हो की भन्ने पनि आरोप लाग्ने गरेको छ । यसो हुनुमा उनि केहि काम राम्रो गरेमा धेरै फुर्किने र मैले जस्तो अरुले गर्न नस्कने दावी गर्ने गरेका छन् । अरुले केही कुरा गरेर फुरुक्क पार्ने वित्तिकै उनले सवै कुराहरु विर्सिएर अरुको कुराको लहलहिमा लाग्ने गरेका छन् । यस्ले गर्दा पनि उनलाई कहिलेकाहिँ समस्या पर्ने गरेको छ । यससगै उनि कहिलेकाहिँ हुने खानपानको पार्टिहरुमा निकै विवादीत हुने गरेका छन् । उनि आफुले के वोल्न हुन्छ र के वोल्न हुदैन भन्ने केही नसोचेर वोल्ने गरेका छन् ।  यससगै पत्रकार भुजेल पत्रिका डिजाईन र सम्पादनमा निकै अगाडी रहेका छन् । उनि आवद्ध कालिञ्चोक सन्देश साप्ताहिक नँया नँया ढंड.्गले प्रकाशन गर्ने गरेका छन् । ति पत्रिकामा छापिने सवै विषयवस्तुहरु समय सान्दर्भीक रहने गरेका छन् ।



धन्यवाद छ पत्रकार भाई सुवास योञ्जनजीलाई । तपाईले नवतरङ्ग साप्ताहिक मार्फत आफ्नो स्तम्भ नितान्त व्यक्तिगत मार्फत मेरा राम्रा पक्ष र केही सुधार गर्नु पक्षहरु औल्याईदिनु भएकोमा । मान्छे जातमा केही राम्रा कुरा सँगै कमजोरी पनि हुन्छन् । म तपाईले औल्याईदिनु भएको कमजोरीहरुलाई आजैबाट सुधार गर्ने कोसिस गर्ने छु । तपाईले भने जस्तै बोल्दा विचार पु¥याउने छु । आफु भन्दा सानालाई उचित सम्मान दिने कुरामा कन्जुस्याई गर्ने छैन् । आफ्ना कार्यालयका सहकर्मीहरुलाई उचित व्यवहार गर्ने छु । खानपिनका पार्टीहरुमा संयमित हुने प्रयास गर्ने छु । मेरो घमण्डी पनि लाई कम गर्ने प्रयास गर्ने छु । र अन्तमा मेरा बारेमा कोरिएका बारेमा ६ सय २२ शब्दका लागि साधुवाद छ सुवास भाई र नवतरङ्ग साप्ताहिकलाई ।





0 comments:

Post a Comment