Wednesday, July 25, 2012

च्छोरोल्पा हिमताल जुनसुकै वेला फुट्न सक्ने, स्थानिय त्रसित




शेरबहादुर भुजेल


विश्वकै अग्लो स्थानमा रहेको दोलखाको गौरीशंकर गाविसमा पर्ने च्छोरोल्पा हिमताल जुनसुकै वेला फुट्न सक्ने खतरा वढ्दै गएपछि स्थानीयवासीहरु त्रसित बनेका छन् ।
तालको दाँयातिरबाट निरन्तर रुपमा माटो खस्दै गएको र बढ्दो तापक्रम सँगै हिउँ पग्लेर तालको लम्वाई र चौडाई वढ्दै गएकाले ताल फुट्न सक्ने खतरा बढेको भर्खरै त्यहाँ पुगेको फर्कनु भएका नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष राजनबहादुर शिवाकोटीले बताउँनु भयो । “हिमतालको रेखदेखको लागी राखिएको सुरक्षाकर्मीहरु नियमित रुपमा नबस्दा जुनसुकै बेला खतरा बढ्न सक्ने त्यहाँको स्थानियवासिहरुको गुनासो रहेछ ।” शिवाकोटीले भन्नु भयो ।

जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धिका कारण च्छो रोल्पा हिमताललाई फुट्ने सक्ने खतराको उच्च जोखिममा राखिएको छ । च्छो रोल्पा हिमताल हेर्नको लागी स्वेदेशी र विदेशी पर्यटकहरु धेरै मात्रामा आउने गरेको र मानव चहल पहल बढेकाले पनि च्छो रोल्पा फुट्न सक्ने जोखिम बढेको बताइएको छ ।
च्छोरोल्पा हिमताल चार हजार पाँच सय ८० मिटरको उचाईमा रहेको छ । सदरमुकाम चरिकोटबाट ३ दिन हिडेपछि ताल रहेको स्थानमा पुग्न सकिन्छ । जल तथा मौसम विज्ञान विभागले करिव डेढ दशकअघि गरेको अध्ययनअनुसार यो ताल तीन किलोमिटर लामो, एक सय ३५ मिटर गहिरो र पाँच सय देखी छ सय मिटर चौडाईमा रहेको छ । तालमा नौ करोड घनमिटर पानी रहेको अनुमान गरिएको थियो । विभागले नेदरल्याल्ड सरकारको सहयोगमा तालको पानीको सतह तीन मिटर घटाएको थियो । यति गर्दा पनि ताल फुट्ने सक्ने खतरा भने अझै यथावत नै रहेको वातावरणविद्हरुले बताउँदै आएका छन् ।
ताल फुटेमा दोलखा र रामेछाप जिल्लाका तामाकोशी किनार आसपासका लाखौं स्थानीयवासिहरु जोखीममा पर्ने विभिन्न अध्यनहरुले देखाएको छ । ताल फुटेको सुचना प्रवाहका लागि नेदरल्याण्ड सरकारले करिव दश वर्ष अघि जडान गरेको करौडौ मुल्य पर्ने साईरन चोरी भएका छन् भने केहि काम नलाग्ने अवस्थामा पुगेको छ ।
केहि वर्ष अघि सयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको ब्युरो अफ क्राइस प्रिभेन्सनले युरोपियन कमिसनको पहलमा पर्वतीय क्षेत्रमा जलवायुजन्य जोखम न्यूनीकरण क्षेत्रीय परियोजना सञ्चालन गरेपनि खासै प्रभाव भने पर्न नसकेको स्थानीय वासिहरुको भनाई रहेको छ । हाल आएर युयनडिपिकै सहयोगमा अग्रिम सूचना प्रणाली जडान कार्यक्रम सुरु भएको छ । अब राखिने रियल टाइम वार्निङ सिस्टमले एसएमएसद्धारा सरोकारवालालाई हरेक दिन च्छोरोल्पा क्षेत्रको गतिविधिको सुचना दिने भएकाले यो प्रणाली प्रभावकारी हुने बताइएको छ । जल तथा मौसम विज्ञान विभागले दोलखाको नाम्दु गाविस स्थित वुस्तीमा एकिकृत अन्र्तराष्ट्रिय पर्वतीय विकास केन्द्र(इसिमोड)को सहयोगमा तत्काल सूचना दिने प्रणाली रियल टाइम डाटा सिस्टम राख्ने तयारी भने गरीरहेको जनाएको छ ।


0 comments:

Post a Comment