Monday, July 23, 2012

सञ्चारकर्मीका नजरमा विकास योजना केही राम्रा कुरा, केही सुधारका कुरा




शेरबहादुर भुजेल

जिल्ला विकास समितिले विगत वर्षदेखि सालिन्दा विकास बजेट विनियोजन गर्दै आएको जिल्लाका केही महत्वपूर्ण विकास आयोजनाहरुको अनुगमन गर्दा आम सञ्चारसँग सम्बन्धित व्यक्तित्वहरु समेतलाई सहभागी गराउने अभ्यासलाई निरन्तरता दिएको छ । १९ औं जिल्ला परिषद्को बैठकले जिल्ला विकास समितिद्वारा कार्यान्वयन गर्ने गरी विनियोजन गरेको केही विकास सम्बन्धी क्रियाकलापहरुको नेपाल पत्रकार महासंघ सम्वद्ध सञ्चारकर्मीहरुले अनुगमन गरेका छन् ।
सञ्चारकर्मीहरुको टोलीले चमार जन्तिपुर नागडिङ सडक र भोर्लेसुम्नाङ लाँकुरीहुलाक सडक सुरी, मैनापोखरी क्षेत्रपा सडक क्षेत्रपा, सिद्धाकोथान जुँगु झ्याँकु सडक जुँगू, हाटडाँडा रेप्चन सडक जिरी, जिरी माली श्यामा सडक माली, भिरकोट गैरीमुदी छौडे सडक गौरीमुदी, बुस्ती पुतलीकाठ लहरेमाने सडक ठूलोपातल, सिमवगुवा खानेपानी मालु, देविथान खानेपानी हाँवा, सातधारा खानेपानी, भेड्पू, निफासि मिल्ती केराघारी दुधिले भञ्याङ सडक मेलुङ, ताम्चेत खानेपानी दुधपोखरी, भुषाफेदा जम्वुसिं सडक भुषाफेदा, पाटीखोला तीनखले शेरा सडक र बहिरा विद्यालय तथा छात्रवास निर्माण भीनपा, सुस्पा खानेपानी र शेरेखोला नाम्थाजोर सिंचाई सुस्पाक्षमावती, खाँपा डम्फा सिंचाई बाबरे, वन्चरे पोखरे गोगने सडक लामीडाँडा, लामावगर खानेपानी आयोजना लामावगर, सिंगटी लादुक बुलुङ सडक बुलुङ लगायतका आयोजनाहरुको अनुमन गरेका थिए । अनुगमनका कार्यमा पत्रकारहरु राजेन्द्र मानन्धर चिरञ्जीवी मास्के शम्भु गौतम, लक्ष्मण खड्का, सन्तोष भुजेल, जीवन लामा, नविन कुमार खतिवडा, दिलबहादुर केसी, सन्तोषी कार्की, केदार शिवाकोटी, रमेश खतिवडाको सहभागिता रहेको थियो ।

के देखियो अनुगमनमा
जिल्ला विकास समिति दोलखाको सहयोग अनि विभिन्न जलविद्युत् कम्पनीहरुको सहकार्यमा भोर्लेदेखि निर्माण भई सवारी सञ्चालन भइरहेको चमार जन्तिपुर नागडिङ सडक कच्ची भए पनि सडकबाट जोडेकोले यातायात सञ्चालन हुने खालको छ । ग्रेड, मोड र सफा नगरेरको अप्ठेरो भए पनि मुस्किलले फोरह्वील ट्याक्टर, ह्याभी मोटरसाइकल सञ्चालन हुदै आएका छन् । डोजर सजिलो ठाउँतिर हिडेको छ र त्यसैलाई सडक भनिएको छ । स्थानीय अदक्ष प्राविधिकको भरमा निर्माण सुरु गरिएकोले लेभल नमिलेको सजिलै बुझ्न सकिन्छ । डोजरले सडक खन्दा स्थानीयको जमिन र सरकारी भवनलाई क्षति पुगेको छ । उत्तरको अति दुर्गम स्थानमा उपभोक्ता समितिले ऋणमा सडक निर्माण गरिनु प्रशंसनीय छ । गाउँ, टोलसम्म सडकले जोडिएकाले ट्याक्टरले सामान ढुवानी गरेको दृष्य र मोटरबाइक कुदेको दृष्यले विकास निर्माणको प्रभाव देखिन्छ । गाउँ गाउँमा सडकले जोड्न टोलटोलबाट समिति बनाउदै जुट्ने कुरा उल्लेखनीय छ ।   उपभोक्ता समितिमा युवा सहभागिता अनुकरणीय पक्ष हुन । गाउँघरमा सबैको चाहना निर्माणाधिन सडक पूरा भए गाउँको उत्पादित वस्तु बिक्री गरेर आर्थिक उपार्जन गर्न सकिन्छ की भन्ने छ । मोटर चढेर आवतजावत गर्न सकिने सपना सबैमा छ ।
चमार जन्तीपुर नागदिङ सडक अवस्था पनि माथिको जस्तै छ । सडक मार्गबाट करिब तिन किलोमिटर परदेखि सडक निर्माण थालिएकोले प्रयोगविहिन अवस्थामा रहेको छ भने तिन किलोमिटर हिडे पछि मात्र सडक भेटिने हुँदा सडकको उपयोगिता कहिले हुने हो ठेगान छैन । गाउँघरमा मोटर आउला भन्ने सपना देखेर स्थानीयवासीले दुईवर्षदेखि दिएका खेतीयोग्य जमिन डोजरले जोतेर छाडिएका छन् । कतै त घाँस पनि उम्रिन थालेको छ । सडक जन्तीपुरबाट नागदिङसम्म डोजर कुदाएर सडकको स्वरुप दिइएको छ भने हुलाकसम्म सडक स्वरुप पुगेको छ । सडकमा विभिन्न स्थानबाट संकलन गरिएको रकम हालिएकोले आर्थिक विवरण गोलमोटल छ । सर्वदलीय सहमतिमा सडक निर्माण गरिएको दावी निर्माण कमिटिको छ । सर्वदलीय संयन्त्रका व्यक्तिहरुले सडक निर्माण गर्न सहमति दिएको तर काम गराइको शैली अव्यहारिक भएको प्रतिकृया दिएका छन् ।
दोलखाको सदरमुकाम चरिकोटस्थित भिमेश्वर नगरपालिकाको हरेक वडामा अहिले सडक विस्तार गर्ने क्रम तीव्र रहेको छ । नगरपालिकामा बसोबास गर्दै आएका मानिसहरुलाई सडकको पहुँच पु¥याउने उद्धेश्यका साथ अहिले कतिपय वडामा सडक निर्माण कार्य सम्पन्न भैसकेको छ भने कतिपय निर्माणधिन अवस्थामा रहेको छ । सोहिअनुसार स्थानीयले जग्गा उपलब्ध गराउन नमाने पछि दोलखाको भीमेश्वर नगरपालिकामा निर्माणाधिन पाटि खोला कुप्रि सेरा सडकको निर्माण कार्य रोकिएको छ । भिमेश्वर नगरपालिकाको वडा नम्वर ११ स्थित फुर्लुङ्गका स्थानीयले क्षतिपूर्तिको माग गर्दै सडकका लागि जग्गा दिन नमाने पछि निर्माण कार्य अवरुद्ध भएको हो । चालु वर्ष जिविसबाट ५ लाख रुपैयाँ बजेट विनियोजन भई गत पुसबाट काम सुरु भए पनि जग्गा विवाद पछि बैशाख महिनाबाट काम रोकिएको उपभोक्ता समितिका सचिव जनकराज थापाले जानकारी दिनुभयो । चालु वर्ष एक किलो मिटर नयाँ ट्रयाक खोल्नु पर्ने ईस्टेमेट भए पनि पाँच सय १० मिटर ट्रयाक खुले पछि जग्गा सम्वन्धि विवाद उत्पन्न भएको र सोही कारण काम अघि बढ्न नसकेको थापाले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएका बहिराहरुका लागि दोलखाको भिमेश्वर नगरपालिका १ स्थित चिसापानीमा बहिरा विद्यालय निर्माण हुने थालेको छ  । छ जिल्लाका बहिराहरुलाई लक्षित गरी बहिरा विद्यालय निर्माण हुन लागेको हो । जिल्ला विकास समिति दोलखाको चार लाख ७५ हजार अनुदान सहयोग र च्छोरोल्पा बहिरा क्लवको पहलमा गत वर्षको फागुन महिनाबाट चिसापानीमा चार कोठे भवन निर्माण कार्य भईरहेको हो । भवन निर्माण कार्य पूरा भएपछि दोलखा, रामेछाप, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु र भोजपुरमा रहेका बहिराहरुलाई सो विद्यालय मार्फत शिक्षा दिने लक्ष्य रहेको च्छो रोल्पा बहिरा क्लबका संयोजक निराजन उप्रेतीले जानकारी दिनुभयो । अहिले कालिञ्चोक उच्च माविले उपलब्ध गराएको भवनमा दोलखाका २५ जना जनजाती बहिरा छात्र÷छात्राहरु बस्दै आएका छन् ।
भुषाफेदा जम्बुसिङ सडक सडक निर्माण भए पछि काठमाडौंबाट भुषाफेदा जम्बुसिंम्म हिउँदको सयमयमा नियमित बस सेवा र मालबाहक ट्रकहरु सञ्चालन भई भइरहेको छ ।  सडक निर्माणका लागि चालु आर्थिक वर्षमा जिविसबाट पाँच लाख खर्च भएको बुझिएको छ  । दसैंपछि नियमित गाडि सञ्चालन गर्नका लागि बाघखोरदेखि जम्बुसिंहसम्म ठाउँ ठाउँको पहिरो फाल्ने कार्य गरिएको छ । दुई सय ५० मिटर सोलिङ  (बाघखोर बजारभन्दा केही तल दुई  सय मिटर र फेदा खोलामा ५० मिटर) भएको छ । सोलिङ गरेको भित्ता सहित सात सय मिटर सडकको भित्तामा पानी कटाउन नाली खनिएको छ  । टाँडी गाउँभन्दा केही माथि एक ठाउँ ११ मिटर सुख्खा वाल लगाइएको छ ।  जिविसबाट सबै भुक्तानी लिएको र गाविसबाट चार लाख खर्च भएको पाइयो । ताम्चेत दुधपोखरी वडा नं. ३,४,५ र ६ का सबैघरमा खानेपानी सुविधा पु¥याउने गरी सुरु ताम्चेत खानेपानी अयोजनाको गत वर्षसम्म जम्मा पाँच वटा धारा बनेका छन् । दुधपोखरी ३ को भित्री भन्ने ठाउँमा मुहान रहेको छ ।  त्यहाँबाट गाविस भवनसम्म तिन हजार सात सय मिटर ४० एमएमको पाइप बिछ्याएको छ । इन्टेक बनेको तर २० घनमिटरको पानी पोखरी बने तापनि पानी हालिएको छैन । गाविस भवनभन्दा तल एउटा इन्टेक बन्नु पर्ने त्यो पनि बाँकी छ । आर्थिक वर्ष ०६७÷६८ मा पाइपलाइन सुधारको काम भएको देखिन्छ । आर्थिक वर्ष ०६१÷६२ देखि जिल्ला विकास समिति अन्र्तगत यो आयोजना सञ्चालन भएको र गत आर्थिक वर्ष ०६८÷६९ सम्म २० लाख २३ हजार खर्च भएको देखिन्छ ।
सुन्द्रावती खानेपानी आयोजनाको कूल लागत ६४ लाख रहेछ रहेको छ । २०३९ सालमा सर्वेक्षण तथा निर्माण सुरु भएको आयोजना आर्थिक वर्ष ०६८÷०६९ मा जिविसबाट छुट्टाईएको पाँच लाख रहेको छ । २०३९ सालमा ३२ वटा धारा सहित निर्माण भएको खानेपानी योजनाले अहिले सम्म  पाँच वटा वडाका बासिन्दाले पानी उपयोग गरिरहेका छन् । सुरुमा ३२ वटा धारा निर्माण भएकोमा अहिले त्यो ३२ वटा मध्ये चार वटा धारा मात्र चल्तीमा रहेको छ । तर अहिले हरेक घरमा धारा लगिएकोले झण्डै ७०÷८० वटा धारा प्रयोगमा छन् । आयोजनामा ९० घनमीटरको टयाङ्की र  ६४ वटा धारा सहितको ६४ लाखको नयाँ योजना अगाडि सारिएको भएपनि पाँच वटा ट्याङ्की निर्माण भएको तर ६४ वटा धारा कहिले निर्माण गरिने हो कुनै निश्चितता नभएको । आर्थिक वर्ष २०६६÷६७ देखि नयाँ ट्याङ्की निर्माणको लागि जिविसले सहयोग गर्दै आएको छ । जसमा  २०६६÷६७ मा २० घन मीटरको एउटा ट्याङ्की निर्माण भएको छ जसको लागि पाँच लाख २२ हजार जिविसले सहयोग गरेको छ । २०६७÷६८ मा १०÷१० घन मीटरको दुईवटा ट्याङ्की निर्माण भएको छ जसको लागि जिविसले चार लाख ९८ हजार सहयोग गरेको छ ।
शेरेखोला नाम्थाजोर सिंचाई आयोजनाको कूलो निर्माणको काम करिब करिब सकिएको छ ।  पानी लिकेज हुने ठाउँमा प्लास्टर गर्न भने बाँकी छ । पानी लानु पर्ने ठाउँमा माथिल्लो तामाकोशी आयोजनाले बनाईदिन बाँकी । रहेको छ । केही समयमै आयोजना निर्माण भई सिचाई गर्न सकिने अपेक्षा छ ।
  बुस्ती–पुतलीकाठ–लहरेमाने सडको आयोजाना सम्झौता २०६८ असोज २८ गते भएको र सोही अवधिबाट काम सुरु गरी हाल काम गरिएको छ ।  कातिकदेखि पौषसम्म प्राप्त बजेटबाट सडक खण्डका विभिन्न स्थानमा गरी करिव दुई सय मिट सोलिङ गरिएको बढीजसो थुम्की डाँडा क्षेत्रमा अनि दुई स्थानमा ग्याविन जाली भरिएको केही स्थानमा पानी तर्काउन कुलो निर्माण गरिएको छ । चालु आवदेखि यो सडकको अध्यक्ष भएका बज्रमान तामाङ देख्नमा सामान्य नागरिक हुन् । उनीभन्दा अघि कुलबहादुर पाख्रिन सो सडकका अध्यक्ष थिए । वर्तमान अध्यक्ष बज्रमानको भनाई अनुसार कुलबहादुरको पालामा लगाईएका कामदारहरलाई अझै पनि झण्डै तिन लाख भुक्तानी दिन बाँकी रहेको छ । सो क्षेत्र हेर्ने जिविसका प्राविधिक राजकुमार कार्की हुन् । चालु आवमा प्राविधिक खर्च ६५ हजार (खाना÷खाजा बाहेक) लागेको उपभोक्ता समितिले जनाएको छ । यस वर्ष कामदारहरुलाई काम लगाउँदा जिविसको दररेट अनुसार प्रतिघनमिटर १ हजार सात सय रुपैयाँ ज्याला दिएको अध्यक्ष तामाङले बताए । अहिलेसम्म सो सडक खण्डमा १५÷१६ लाख खर्च भएको उपभोक्ता समितिको भनाई छ । उपभोक्ता समितिका सचिव सुमित्रा विक हुन् भने कोषाध्यक्ष गोपाल तामाङ हुन् ।
सिमबगुवा खानेपानी योजनाबाट मालु गाविस वडा नम्बर २ र ३ का विभिन्न स्थानमा १४ ओटा धारा निर्माण भएका छन् । जसबाट करिव ९० घरधुरी बासिन्दा लाभान्वित भएका छन् । धारा निर्माणपछि आधा घण्टा धाएर लाईन लागेर पानी खान बाध्ये चाँपबोट क्षेत्रका स्थानीबासी हर्षित भएका छन् । योजनाबाट चाँपबोटका पूर्णबहादुर मिजार, चङ्खे मिजार लगायत पूरै मिजार टोल, दुर्गाबहादुर खड्का, भोजराज खड्का लगायतका सर्वसाधारण लाभान्वित भएको पाईयो । अहिले बिहान चार देखि बेलुका नौ बजेसम्म मात्रै पानी छाड्ने र अन्य समयमा पानी सञ्चिती गर्ने गरिएको छ ।
आर्थिक वर्ष २०५७÷५८ बाट सुरु भएको देवीथान खानेपानी योजनाबाट हावा गाविस वडा नम्बर ८ का ३५ घरधुरीका बासिन्दा लाभान्वित भएका छन् । योजना अन्तर्गत २४ सै घण्टा खानेपानी छाड्ने गरिएको छ । योजनाबाट भोजबहादुर सुनुवार, चन्द्रबहादुर सुनुवार, कृष्णबहादुर सुनुवार, नरबहादुर नेपाली, दिलबहादुर नेपाली लगायतका उपभोक्ताहरु लाभान्वित भएका छन् ।  उपभोक्ता समितिका वर्तमान अध्यक्ष  लेखबहादुर सुनुवार सँग भेटघाट गरी आवश्यक जानकारी लिने काम गरियो । प्राप्त बजेटबाट हावा ७ मा ८ वटा धारा निर्माण गरियो भने  आठ घनमिटरको एउटा ट्याङ्की निर्माण अझै पनि पर्याप्त धारा निर्माण गर्न जरुरी छ ।  पानीको धारा, मुहान सुधारको लागि समिति नहुनुले योजनाको स्थायित्वमा प्रश्न उठाएको छ ।
दोलखाको पर्यटकीय नगरी जिरीको हाटडाँडा नजिकै लामोसाँगु जिरी सडकबाट २०६५ सालदेखि शाखा सडकको रुपमा हाटडाँडा रेप्चन जिरी सडकको निर्माण सुरु भएको हो । जिरीको हाटडाँडाबाट रेक्चन हुँदै झयाँकु गाविसको सिमानासम्म सडक सञ्जाल पुरयाउने उद्धेश्यकासाथ यो सडकको निर्माण कार्य सुरु भएको देखिन्छ । सरकारको केन्द्रिय योजना रातो किताबमा समेत जिरी भोर्ले सडक नामबाट समावेश भएको यो सडकको जिरी र झयाँकु गाविसको सिमाना रेक्चनसम्म करिव ११ किलो मिटर ट्रयाक खोल्ने काम पूरा भएको छ ।  सडक निर्माणका लागि चालु वर्ष जिविस दोलखाबाट विनियोजन भएको पाँच लाख बजेटबाट विभिन्न चार स्थानमा सोलिङ र आठ स्थानमा कचवे सोलिङको काम भएको देखियो । साथै उपभोक्ता समितिले स्काभेटरमार्फत केहि स्थानको पहिरो पन्छाएको र साँघुरो सडकलाई चौडा बनाएको पाईयो । यसरी तुलनात्मक रुपमा हेर्दा विनियोजित वजेटबाट यस सडकमा राम्रै काम भएको देखिएको छ । सडक निर्माणको क्रममा अहिले सम्म जिविस दोलखावाट सात लाख र गाविसवाट तिन लाख पाँच हजार गरी १० लाख पाँच हजार रुपैयाँ अनुदान सहयोग उपलव्ध भए पनि केहि अपुग रकम उपभोक्ता समितिको नाममा ऋण रहेको स्थानीयवासीले बताएका छन् ।
पर्यटकीय नगरी जिरीदेखि माली हुँदै श्यामा गाविससम्म सडक सञ्जाल पुरयाउन जिरी माली श्यामा सडक निर्माण भएको धेरै वर्ष बितिसकेको छ । सडक निर्माणमा केन्द्र सरकार, जिविस, डिभिजन सडक कार्यालय र गाविसको समेत वर्षेनी उल्लेख्य लगानी भएको देखिए पनि अहिले सम्मको एकिन खर्च विवरण थाहा पाउन सकिएन । निर्माण र प्रभावका हिसावले जिरी माली श्यामा सडकलाई जिल्लाका प्रमुख सडकमध्ये एक मानिएको छ । जिरीदेखि मालि हुँदै श्यामा गाविस सम्म सडकको ट्रयाक खोल्ने काम पुरा भई सडक सञ्जालले छिमेकी रामेछाप जिल्लाका केहि गाविसहरुलाई समेत छोईसकेको छ । गत आर्थिक वर्ष सरकारले यो सडकलाई जिरी माली श्यामा रामेछाप सोलु सडक नामाकारण गरी उच्च प्राथमिकताकासाथ बजेट विनियोजन पनि गरेको छ । जस अनुसार चालु वर्ष डिभिजन सडक कार्यालय दोलखामार्फत एक करोड र ४६ लाखका दुई छुट्टा छुट्टै ठेक्का ठेकेदार मार्फत अघि बढाईए पनि आर्थिक वर्षको अन्त्य सम्म निर्माण कार्य निकै सुस्त देखिएको छ ।
दोलखाको उत्तरी १९ गाविसहरुकोे केन्द्र सिगँटीबाट पश्चिमका लादुक, बुलुङ, र ओराङका स्थानीयबासिन्दाका लागि सहज रुपमा आवतजावत गर्न जिल्ला विकास समितिले दोलखाको सिगँटीदेखि लादुक हुँदै बुलुङको शारदा माविको प्रांगणसम्म सडक पु¥याउन सिगँटी–लादुक–बुलुङ सडक आयोजना करिब २०६३ बाट शुरु गरेको थियो । हाल सम्म जिविस र गाविसबाट एक करोड भन्दामाथि सडकमा खर्च भईसकेको बजेटले शारदा मावि बुलुङ सम्म सडक पुगिसकेको छ । यस वर्ष जिल्ला विकास समिति दोलखा मार्फत सडकमा १० लाख रुपैँया बजेट गएको थियो । र यस वर्षको उक्त रकमबाट भएको खर्च बारे अनुगमन गरिएको हो । सडकमा नालाको लागि खर्च भएपनि नाला खन्ने काम भएको पाईएन् । सिगँटीबाट माथि उक्लिदाका केही स्थानमा नाला खनिएको भनिएपनि नाला खनिएको छैन् । यस्तै सडकको वातावरणीय सुधार कार्यक्रम अन्तर्गत ६५ हजार रुपैयाँ बजेट भएको अम्रिसो लगाउने काम समेत अहिलेसम्म गरिएको छैन् । उपभोक्ता समितिका पदाधिकारीले उक्त काम क्रमश गर्दै लैजाने भएका कारण काम गर्न बाँकी रहेको बताएका छन् ।
दोलखाको लामावगर गाविसस्थित गोंगर गाउँबाट १ घण्टा उकालो चढेपछि स्यालु गाउँ पुगिन्छ । त्यहाँ तमाङ र विश्वकर्माहरुको बस्ती छ । उनीहरु यसअघि एउटा विदेशी प्रोजेक्टले बनाईदिएको धाराबाट पानी खादै आएका थिए । यस वर्ष जिविसले दिएको बजेटले गाउँमाथि रहेको सिङमोन मुहानबाट ल्याईएको पानी गाउँमाथि  ट्याङकी बनाएर त्यसमा खसाल्ने सम्मको योजना उपभोक्ता समितिहरुको रहेछ । उनीहरुले यस वर्षको बजेट ट्याङकी निर्माण र पाईप बिच्छ्याउनमा खर्च गरेका रहेछन् ।
बाबरेगाविसको वडा नंवर ४, १ र २ मा निमार्ण भएको यो सिचाई आयोजना दुई वडामा निमार्ण भएको छ  । दुर्गम भेगमा सिचाईको अभावका कारण समयमा खेती लगाउनबाट वञ्चित यी वडाका करिव तिन सय ५० घर यो सिंचाई आयोजना निमार्णपछि विभिन्न खेती लगाउन सक्ने भएका छन् । जिल्ला जिकास समितिले निमार्णका लागि दिएको अनुदान रकम खेर जान पाएको छैन् । ढुवानी समस्याका कारण आयोजना महंगो परेको उपभोक्तले बताएका छन् । रकम कम र दुई वडालाई सिंचाई चाहिने भएकाले काम बाडेर दुई वडामा सिचाई आयोजना स्थानीयले वनाएका छन् । वडा नम्वर एकमा सिमेन्टको कुलो निमार्ण भएको छ । ठाउँ हेरेर एकदेखि दुई मिटर गहिरो एक मिटर चौडाई भएको करिव आठ सय ६० मिटर लामो नाला बनाई खेतवारीमा सिचाई पुरयाईएको छ । खोलाको पानी सिचाईको नालामा ल्याउन इन्टेक बनाईएको छ । तिन लाख २७ हजार ७०  रुपैयाँमा निमार्ण भएको सिचाईबाट त्यस भेगमा तरकारी खेती गर्ने बढी लाभाम्वित भएका छन् ।
वन्चरे पोखरे गोगने सडक लामीडाँडा सडक लामिडाँडा गाविसको गुमुखाला पुल नजिकैबाट शुरु भएको यो सडक अत्यन्तै जोखिम पुर्ण रहेको छ । वर्षमा पाँच महिनापनि यातायात सञ्चालनमा आउन मुस्किल पर्ने यो सडकको शुरुको करिव तिन सय मिट माथि जिविसले दिएको अनुदान रकमबाट ग्याभिन हालिएको छ ।
मैनापोखरी क्षेत्रपा सडकको पाँच किलोमीटर मध्ये चार किलोमीटर सडक हाल मोटर चल्ने अवस्थामा छ । केही ठाउँमा सोलिङ गरिएको छ । जम्मा पाँच किमी सडक मध्ये चार किमीमा मोटर चलेको छ । सडक निर्माणपछि काब्रे र क्षेत्रपामा उत्पादित वस्तुहरु मैनापोखरी र अन्य बजारमा लैजान सजिलो भएको छ । क्षेत्रपामा उत्पादित वस्तुहरु मैनापोखरी बजारमा पु¥याउन नाम्दुसम्म आठ किमी र नाम्दुबाट मैनापोखरीसम्म १३ किमी २१ किमी पर्नेमा मैनापोखरीसम्म जम्मा पाँच किमी मात्रै पर्ने अवस्था छ । चार किमी सडक हिउँद वर्षै चल्ने अवस्थामा छ । स्थानीयले उत्पादन गरेको तरकारी, अलैँची, अम्लिसो लगायतका उत्पादनहरु सजिलै बजारमा लैजान पाएका छन् ।
क्षेत्रपा र जुँगु खण्डमा ठाउँठाउँमा सोलिङ गरेको पाइयो । झ्याँकु खण्डमा राजपुदेखि माकादुमसम्म ठाउँठाउँमा बाटो सपाm गर्ने कार्य, सुख्खा गारो र सोलिङको काम गरेको पाइयो ।  क्षेत्रपा र जुँगु खण्डमा आड सय ५० मिटर सोलिङ जिविसतर्फको बजेटबाट दुई सय ३० मिटर र गाविसतर्फको बजेटबाट छ सय २० मिटर ।  झ्याँकु खण्डमा सोलिङ एक २० मिटर र सुख्खा गारो ३५ मिटर लगाइएको । क्षेत्रपा र जुँगु खण्डमा सबैजसो सोलिङ कार्य ०६८ साउन भदौमै गरिएकोले बाटोको अवस्था हिउँद वर्षै मोटर चल्ने खालको छ ।  अधिकांश ठाउँमा सोलिङ भएको छ ।  सबै जसो ठाउँमा सोलिङको अवस्था राम्रो रहेको ।
भेड्पु गाविसको वडा नं. ४, ६ र ८ मा खानेपानी सुविधा पु¥याउने गरी सुरु गरेको । खानेपानीको गत वर्षसम्म जम्मा सात वटा धारा बनेको छ ।  आठ घनमिटरको ट्याङ्की पूरा भएको छ ।  सुरु भएको आठ वर्ष वितेको । एक हजार पाँच सय मिटर पाइप विच्छ्याएको छ । आर्थिक वर्ष ०६१÷६२ देखि जिल्ला विकास समिति अन्र्तगत यो आयोजना सञ्चालन भएको र जिविस माताहत आउनु अघि समेत डिभिजन खानेपानी तथा सरसफाइ आयोजना अन्र्तगत सञ्चालन भएको देखिन्छ तर त्यसको जानकारी स्थानीय स्तरमा भएको पाइदैन । यस वर्षको बजेट तिन लाख ५५ रहेको छ । यस वर्ष वडा नं. चारमा चार घनमिटरको र वडा नं. आठ मा आठ घनमिटरको ट्याङ्क बनेको छ । तिन सय  मिटर पाइप ३२ एमएमको विच्छ्याएको । हालसम्म ३० लाख खर्च भएको । भुसुनेमा इन्टेक बनेको ।

0 comments:

Post a Comment