Wednesday, September 5, 2012

दोलखाका पत्रकार सुरु गरे नविन कार्य ।




शेरबहादुर भुजेल

दोलखाका पत्रकारहरुले बुधबारबाट नौलो कामको सुरुवात गरेका छन् । आफुले लेखेको समाचार माथि समिक्षा गर्ने नौलो प्रयोगको दोलखामा सुरुवात भएको छ । यस्तो कार्यको सुरुवात गरेको हो चरिकोट मिडिया सेन्टरले । नयाँ पत्रकार उत्पादनका लागि आधारभुत पत्रकारिता तालिम आयोजना गर्दै आएको चरिकोट मिडिया सेन्टरले क्रियासिल पत्रकारहरुले लेखेका र प्रकाशन गरेका समाचार माथि समिक्षा र टिप्पणी गर्ने कार्यक्रमको सुरुवात गरेको छ ।

यसैविच बुधवार नेपाल पत्रकार महासंघ दोलखा शाखाको कार्यालयमा दोलखाका पुराना पत्रकार चिरञ्जीवी मास्केका समाचारमाथि समिक्षा भएको छ । मास्केले २०६८ साल भरी लेख्नु भएको अनि वहाँले काम गर्ने दैनिक पत्रिका नेपाल समाचार पत्रमा प्रकाशन भएका करिव ५० वटा समाचारमाथि समिक्षा भएको थियो ।
समिक्षामा पत्रकार मास्केले एक वर्ष भरी लेख्नु भएको समचारको अद्योपान्त अध्ययन गरी नेपाल प्रेस युनियनका अध्यक्ष तथा पत्रकार मुरारी दुललाले समिक्षा प्रस्तुत गर्नु भएको थियो । दुलालले गर्नु भएको समिक्षा माथि कालिञ्चोक सामुदायिक एफएमका समाचार संयोजक शेरबहादुर भुजेल, रेडियो शैलुङका स्टेसन म्यानेजर विष्णु सुवेदी, आर्थिक पत्रकार समाज दोलखाका अध्यक्ष दिलबहादुर केसी लगायतले टिप्पणी गर्नु भएको थियो ।
समाचार माथि टिप्पणी र समिक्षाको सुरुवात हुनुलाई पत्रकारहरुले सकारात्मक रुपमा लिएका छन् । नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष राजेन्द्र मानन्धर त यसलाई हरेक महिना नियमित रुपमा सञ्चालन गर्नु पर्नेमा जोड दिनु हुन्छ । यस्तो समिक्षाबाट समाचारबाट समाजमा परेको प्रभावको बारेमा विष्लेषण गर्न सहज हुने मानन्धरको भनाई छ । समाचार लेख्ने पत्रकारको व्यक्तिचित्र, समाचारको मुल वस्तु र समाचारले समाजमा पारको प्रभाव बारे विष्लेषण गर्न सहज हुने मानन्धरको भनाई छ ।

यस्तो समिक्षाबाट पत्रकारले कस्तो किसिमका सवालमा केन्द्रित भएर समाचार लेखेको छ भनेर पनि जानकारी राख्न सकिने हुँदा यस्तो सकारात्मक कार्यलाई निरन्तर रुपमा सञ्चालन गर्न आग्रह गर्नु हुन्छ नेपाल पत्रकार महासंघ दोलखाका सल्लाहका शम्भु गौतम । मोफसलमा विटमा आधार रहेकार समाचार लेख्न नपाइने हुँदा एक वर्ष भरी कस्तो समाचार लेखियो भनेर सम्झन र थप सुधार गर्नका लागि यस्तो कार्यक्रम फलदायी हुने बताउनु हुन्छ अर्का पत्रकार विष्णु सुवेदी । अर्का पत्रकार मुुरारी दुलाल समिक्षामा आएका सुझावबाट सुधार गर्नसकिने भएकाले कार्यक्रमबाट आत्म समिक्षा गर्न पनि सहज हुने वहाँको भनाई छ ।
हाल दोलखामा नेपाल पत्रकार महासघमा आवद्ध पत्रकारहरुको संख्या ९५ रहेको छ । कसैले त महासंघको सदस्य नवने पनि पत्रकारिता भने गर्दै आएका छन् । आफुले लेख्दै आएको समचारमा बलिया र कमजोर पक्षहरुको विष्लेषणका लागि समाचार समिक्षा उपयोगी हुने पत्रकारहरुको भनाई छ । उनीहरुले यस्तो कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

0 comments:

Post a Comment