सुन्दर भुतपोखरी

सुन्दर भुतपोखरी कालिन्चोक भगबती मन्दिर जाने बाटोमा

भुतपोखरीको यात्रामा

घुम्घाम्की सिलसिलामा भुतपोखरीमा पुग्दा.

बिहानीपख

चरिकोटबाट देखिएको उषाको किरण संगै उड़ेको चरी.

मुस्कुराएको गौरीशंकर

बादलुको घुम्टो संगै हिउको ताज पहिरिएको गौरीशंकर हिमाल

घामको बिदाइ

कालिन्चोक एफ एम को भबनबाट देखिएको छितिजबाट लुक्दै गरेको सुर्य

Showing posts with label फिचर. Show all posts
Showing posts with label फिचर. Show all posts

Monday, September 24, 2012

दोलखामा रेड कार्यक्रम र रेड अवधारणा





कार्वन कोष वितरण समारोह 
पृथ्वीमा हरित गृह ग्यास वृद्धि भई जलवायु परिवर्तन भएको कुरामा दुई मत छैन । हरित गृह ग्यास वृद्धि गर्नका लागि धनी औद्योगित राष्ट्रहरुको मुख्य भूमिका रहेको छ ।

 यसको अन्र्तराष्ट्रि स्तरमा पुष्टि पनि भइसकेको छ । अहिले धनी र औद्योगिक राष्ट्रहरुलाई हरितगृह ग्यास कम गर्नु पर्ने ऐतिहासिक जिम्वेवारी सहितको बाध्यता रहेको छ । अर्कोतिर गरिब र बिकासोन्मुख देशहरुले बन जोगाएर कार्वन डाईअक्साईड लगायतका अन्य हरितगृह ग्यास उत्र्सजनमा न्युनिकरण गर्ने काम गर्दै आएका छन् । त्यसवापत ती धनी राष्ट्रहरुले बन जोगाई उत्र्सजन कम गर्नका लागि सशर्त क्षतिपुर्ती दिनु पर्ने आवाज उठीसकेको छ । 

दोलखाको नमुना
जलवायु परिवर्तनको असर न्युनिकरणका लागि वन विनास रोक्न योगदान पु¥याएका दोलखाका सामुदायिक वन उपभोक्ता समुहले लाखौं रकम प्राप्त गरेका छन् । वन बिनास र क्षयिकरण हुनबाट जोगाई वनको दिगो व्यवस्थापन गरी कार्वन डाइअक्साइड ग्यास उत्सर्जन कटौती गर्ने कार्यमा योगदान पु¥याएकाले सामुदायिक वन उपभोक्ता समुहले रकम पाएका हुन् ।

दोलखाको चर्नावती जलधार क्षेत्रका ५८ वटा सामुदायिक वन उपभोक्ता समुहले ४४ हजार एक सय ८७ अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ ३९ लाख, पाँच सय ५९ रुपैयाँ प्राप्त गरेका छन् । ती समुहहरुले गएको वर्ष पनि करिव ३३ लाख रुपैयाँ पाएका थिए । 
कार्वन कोषको रकम लिन आएका उपभोक्ताहरु 
नर्वेजियन विकास सहयोग नियोग (नोराड) को आर्थिक सहयोगमा इसिमोड, एन्साव र सामुदायिक वन उपभोक्ता महासंघले दोलखाको चर्नावती जलधार क्षेत्रमा सञ्चालन गर्दे आएको रेडका माध्यमबाट सामुदायिक वनका लागि भुक्तानी प्रणालीको विकास सम्वन्धि परीक्षण परियोजना अन्र्तगत सामुदायिक वनहरुले रकम पाएका हुन् । वनमा भएको कार्वन सर्वेक्षण र मापनका साथै सामुदायिक वन समुहको क्षेत्रफल, उपभोक्ता घरधुरी संख्या र जातजातिका आधारमा समुहहरुले रकम पाएका हुन् । रेड नमुना कार्यक्रम अन्र्तगत दोलखाको चर्नावती जलधार क्षेत्रमा वन कार्वन मापन तथा अनुगमन, संस्थागत संरचना तथा प्रणाली विकास र क्षमता अभिवृद्धि तथा सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ ।

वन विनास नियन्त्रण गरी वा हैसियत विग्रीएको वनको गुणस्तर अभिबृद्धि गरी कार्वन उत्सर्जन न्यूनिकरण गर्ने वा गर्न चाहने राष्ट्रलाई अधिक कार्वन उत्सर्जन गर्ने राष्ट्रहरुले क्षतिपूर्तिको रुपमा भुक्तानी वा आर्थिक लगायतका सहयोग उपलब्ध गराउन कार्यक्रमले जोड दिदै आएको छ । यो रेड अवधारणमा आधारित छ । हुनन् अहिले दोलखामा सञ्चालित कार्यक्रम नमुना मात्र हो । नेपाल सरकारले रेड रणनीति बनाउँदै छ । विकसित राष्ट्रहरुले कार्वन उत्सर्जन गरेवापत कम विकसित राष्ट्रले बन जोगाएर कार्वन उत्र्सन कटौतिमा गरेको योगदान स्वरुप दिने क्षतिपुर्ती रकम नेपालले कसरी प्रात्त गर्ने र लक्षित समुदाय सम्म कसरी पुर्याउन सकिन्छ भनेर नेपाल सरकार अहिले नीति बनाउँदै छ ।

वन कार्वन कोष को संरचना विकास र स्थापनाका लागि सहजिकरण गर्ने समुदायद्वारा व्यवस्थित वनहरुमा प्रभावकारी र दक्षतापूर्वक कार्वनको सञ्चिति घटबढको अवस्था अनुगमन गर्न सहयोग पनि कार्यक्रमले सहयोग गर्दै आएको छ । ५८ वटा सामुदायिक वन उपभोक्ता समुहहरु रहेको चर्नावती जलधार क्षेत्र १४ हजार ३६ सय हेक्टर क्षेत्रफलमा  फैलिएको छ । जसमा पाँच हजार नौ सय ६२ हेक्टर क्षेत्रफल सामुदायिक वनले ढाकेको छ । यो कार्यक्रम गोरखा र चितवन जिल्लामा पनि सञ्चालन हुँदै आएको छ ।

रेडको अवधारणा 


वनको विनास क्षयिकरणलाई रोकेर कार्वन उत्र्सनमा कटौती गर्ने कार्यलाई रेड भनिन्छ । यो अवधारणाको कसरी विकास भयो त । यसबारेमा  हामीले बुझ्न जरुरी छ ।  
सन् १९८८ मा मौसम सम्वन्धि विश्व संस्था तथा संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रम को संयुक्त प्रयासमा जलवायु परिवर्तन सम्वन्धि अन्तर सरकारी निकायको उदय भयो । जसमा अहिले पनि विश्व भरका दुई हजार भन्दा बढी बैज्ञानिकहरुले एकै थलोमा वसेर काम गर्दै आएका छन् । सोही क्रममा सन् १०९० मा प्रकाशित सो निकायको प्रतिवेदनले बातावरण सम्वन्धि बहुपक्षिय सम्झौताको महसुस भयो । सन् १०९२ मा बाज्रिलको रिपो दि जिनोरियो शहरमा बहुचर्चीत विश्व सम्मेलन भयो । सो सम्मेलनले तय गरेको महत्वपुर्ण महासन्धि मध्य जलवायु परिवर्तन सम्वन्धि संयुक्त राष्ट्रसंघीय महासन्धि एक थियो । यो  महासन्धिको महासन्धि जलवायु प्रणालीलाई असर नगर्ने गरी मानव निर्मित हरितगृह ग्यास स्थिर गर्ने एउटा अन्र्तराष्ट्रिय राजनैतिक सम्झौता हो । यस महासन्धिले जलवायु परिवर्तन सम्वन्धि तथ्य, सवाल, चुनौती र विकल्पबारे सम्बोधन गर्ने सर्वपक्षिय सम्झौता तय गर्दै आएको छ ।

जलवायु परिवर्तन हुनुमा हामी सबैले बुझेका छौ की अति विकसित र औद्योगिक देशहरु बढी जिम्वेवार छन् । यसलाई अन्र्तराष्ट्रिय रुपमा स्विकार समेत गरी सकिएको छ । जलवायु परिवर्तन समवन्धि संयुक्तराष्ट्रसंघीय खाका महासन्धिले मुख्य गरी हरित गृह ग्यास न्युनिकरण र जलवायु परिवर्तनले सिर्जना गरेको प्रभावहरुको अनुकुलन हुँदै जाने २ पद्धतीमा केन्द्रित रहेको छ ।

पैरवीकै क्रममा सन् १९९७ मा जापनाको क्युटो शहरमा सम्पन्न भएको जलवायु परिवर्तन समवन्धि संयुक्तराष्ट्रसंघीय खाका महासन्धिको पक्षराष्ट्रहरुको पाँचै सम्मेलनले ऐतिहासिक रुपमा बाध्यकारी कानुनी प्रावधान सहितको क्योटो प्रटोकल अभिसन्धि पारित भयो । यो अभिसन्धिले औद्योगिक राष्ट्रहरुलाई साझा तर फरक जिम्वेवारीको आधारमा हरितगृह ग्यास उत्र्सजन कटौती गर्नु पर्ने प्रावधान तय गर्यो । यो प्रावधानले अभिसन्धिको अनुसुची १ मा सुचिकृत रहका राष्ट्रहरुले सन् १९९० को दशकको तुलनामा करिव ५.२ प्रतिशत हरितगृह ग्यास सन् १००८ देखी २०१२ सम्ममा कटौती गर्नु पर्ने बाध्यकारी व्यवस्थाको सिर्जना गर्यो । यो अभिसन्धिले ती राष्ट्रहरुका लागि तीन किसिमका पद्धतीका माध्यमबाट हरितगृह ग्यास कटौती गर्नु पर्ने प्रावधान पनि तय गरिदियो । जसमध्य स्वच्छ विकास संयन्त्र पनि एक विकल्प थियो । जसमा अनुसुची १ मा सुचिकृत भएका राष्ट्रहरुले कार्वन उत्सर्ज कटौतिका लागि विकासोन्मुख राष्ट्रसँगको साझेदारीमा गर्न सक्ने प्रावधान रहेको थियो । 
यसै क्रममा  को ११ औ सम्मेलन जुन क्यानाडाको मेन्ट्रियलमा बसेको थियो । जसलाई कोपा ११ पनि भनिन्छ । सो सम्मेलनमा कोस्टारिया, पपुवानियुगिनी तथा रेड फरेष्ट वन विनास न्युनिकरणमार्फत कार्बन डाईअक्साईडमा कमी ल्याउने ल्याउने उपयुक्त विकल्प सहितको प्रस्तावन पेश गरेपछि रेडको अवधारणको उदय भएको हो । सो प्रश्तावनलाई पक्ष राष्ट्रहरुको सम्मेलनले विज्ञान तथा प्राविधिक सुझावका लागि सहयोगी निकाय लाई बैज्ञानिक तथा प्राविधिक आधार समिक्षा गरी प्रतिवेदन पेश गर्न अनुरोध गर्यो ।

यसैगरी सन् २००७ को इण्डोनेसियाको बाली शहरमा भएको जलवायु परिवर्तन सम्वन्धि संयुक्त राष्ट्रसंघीय खाका महासन्धिका पक्ष राष्ट्रहरुको १३ औ सम्मेलन कोप १३ ले वन विनास  र क्षयिकरण दुबैलाई कार्वन डाईअक्साईड उत्र्सजनको कारण भएको ठहर गर्यो । वन विनास र क्षयीकरणलाई न्युनिकरण गरी कार्वन उत्र्सजनमा कमी ल्याउने र सो बापत औद्योगिक राष्ट्रहरुले क्षतिपुर्ती बेर्होनु पर्ने अवधारण अगाडी ल्याउने काम समेत यहि सम्मेलनमा भयो । साथै सो सम्मेलनले वन विनास तथा वनको क्षयिकरण घटाई कार्बन डाई अक्साईड उत्र्सजन न्यूनिकरण लाई क्योटो अभिसन्धि २०१२ पश्चात कार्बन व्यापारको व्यवस्था गर्न सन् २००९ सम्म पक्ष राष्ट्रहरुलाई आ–आफ्नो प्रस्तावना पेश गर्न अनुरोध समेत गर्यो ।

सोही क्रममा सन् २००९ को डिसेम्बरमा डेनमार्कको कोपनहेगनमा सम्पन्न कोप १५ ले वन विनास तथा वनको क्षयीकरण न्युनिकरणका लागि अतिरिक्त वन कार्वन संरक्षण, वनको दिगो व्यवस्थापन तथा वन कार्वन संरक्षण, वनको दिगो व्यवस्थापन तथा वन कार्वन अभिवृद्धि समेतलाई रेड प्लसले सम्बोधन गर्ने कुराको स्विकार गरेको छ ।

यसरी यिनै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मुद्धाहरुको आधारमा दोलखामा पनि रेड नमुना कार्यक्रम सञ्चालन हुँदै आएको छ ।  

तपाईलाई यो लेख कस्तो लाग्यो 






Saturday, September 22, 2012

कसले सुन्ने मैनाको दुःखेसो







शेरबहादुर भुजेल 

सबैले सोचेका हुन्छन् । आफ्ना छोराछोरी हुर्के बढे पछि सुख शान्ति देलान र भविष्यको साहरा बन्लान भनेर । तर आफ्नै सन्तान आफ्नै लागि पिडा दिने सुल जस्तै भए पछि कसको के नै पो लाग्छ र । अहिले यस्तै भएको छ मैना श्रेष्ठलाई । आफ्नी छोरी भगवतीले नातामा काका गर्ने सोही ठाउँका राजु श्रेष्ठ सँग विहे गरे पछि मैनाका दुःख दिन सुरु भएका हुन् । छोरीले हाडनाता पर्ने सँग विहे गरेपछि छुटाउँन भन्दै हिडेका मैना श्रीमान् १० वर्षदेखी बेपत्ता छन् । 
कृतिबहादुर बेपत्ता भए सँगै सुरु भएको मैनाका पिडा थामिएको छैन । एक दशकदेखि बेपत्ता रहेका दोलखाको पवटी गाविस वडा नम्बर ६ का ४५ वर्षीय कृतिबहादुर श्रेष्ठका परिवार अहिले पनि चिन्तमै बाँचिरहेको छ । कृतिबहादुर बेपत्ता हुन साथ स्थानीय प्रशासनमा उजुरी दिएको भए पनि आजसम्म खुटखवर हुन नसके पछि परिवार चिन्तित बन्दै गएका हुन् ।  
यस्ता थिए कृतिबहादुर 
कृतिबहादुरका श्रीमती मैना कुमारी श्रेष्ठ भक्कानो पारेर गहभरि आँसु पार्दै भन्नु हुन्छ “गत वैशाखले दश वर्ष पूरा भएर ११ वर्ष टेकि सक्यो, श्रीमान्को मरेज्यूँदोको खबर छैन । हिन्दू धर्म अनुसार न काजक्रिया गर्न पाइयो । न त पौरख नै खान नै पाइयो । मलाई नै भाग्यले यस्तो सतायो । तल्लाघर माथ्लाघर हेर्दा छाती फुटेर आउँछ ।”
 झन दशैँ तिहारजस्ता चाडपर्व आउँदा त चित्त बुझाउने ठाउँ नै रहँदैन मैनाका । आँङमा घाम छैन, समाजका अगाडि पचाएरै दश वर्ष बिते उहाँका । करिब तिन दशक पार गर्नु भएकी मैनाका तिन छोरा चार छोरी छन् । घरव्यवहार चलाउँदा श्रीमान् श्रीमती रथका दुई पाङ्ग्रा हुन् भन्ने सुनेको कुरा त्यतिबेर त के भनेको होला जस्तो लाग्ने गरेको तर अहिले आएर यथार्थमा परिणत भएको भनाई छ मैनाको । “२०६० साल वैशाख १ गते ससुरालीघर मालु गाऊँ पुगेर आउँछु भनी बिहानै गएका श्रीमान्  त्यहाँ नगै नौ दिनसम्म ललितपुर जावलाखेलतिरै रहनु भएको र त्यही दिनदेखि बेपत्ता हुनु भएको भन्ने खबर सुनिन्छ ।”  मैनाले गुनासो गर्नु भयो । मैनाकी छोरी भगवती र ज्वाइँ राजु श्रेष्ठकै करामतले बाबुलाई के गरेको हुनु पर्छ । उनीहरुलाई नै कार्वाही हुनु पर्छ भन्ने मैनाको दावी छ ।  एक दशक बितिसक्दा पनि आफ्नो बारेमा कसैले केही पनि सहयोग नगरेको मैनाको भनाई छ  । “श्रीमान्को खोजीखबर गर्न त परै जाओस् के भो भनेर एक शब्दसम्म पनि प्रयोग भएन । एक त म गाउँकी महिला त्यसमा निरक्षर केही जान्दिन ।” मैनाले यस्तै गुनासो गर्दै आउनु भएको छ ।  पत्रकार, मानव अधिकारवादी, महिलाकर्मी प्रहरी प्रशासन सबै मिलेर मेरो सुनुवाइ होस् । देशमा लोकतन्त्र गणतन्त्र आएको सार्थक होस् भन्ने मैनाको कामना छ । 


Wednesday, September 19, 2012

बन्ला त दोलखामा चलिचित्र स्टुडियो





शेरबहादुर भुजेल 

केही साता अघि चलचित्र विकास वोर्डका अध्यक्ष गणेश भण्डारीले राजिनामा गरे । त्यस लगत्तै म लगायत अन्यकेही साथीहरु झस्कियौं । कतै त्यसको प्रभाव त दोलखाका निर्माण हुन लागको चलचित्र नगरी (फिल्म सिटी) मा पनि पर्ने त होइन् । किनकी भण्डारी दोलखामा फिल्म सिटी बन्न पर्छ भनेर खुलेर लविङ् गर्दै आएका थिए । चलचित्र नगरी निर्माण गर्ने मुख्य जिम्मेवारी चलचित्र विकास वोर्डको भएकाले पनि यसलाई नेतृत्व गर्ने ब्यक्ति सकारात्मक भएनन् भने चलचित्र नगरी निर्माण दोलखालीको सपना मात्रै पनि हुन सक्छ । 
डाङडुङे डाँडा
हुन त अहिले दोलखामा चलचित्र नगरी निर्माण हुनु पर्छ भनेर जोडदार लविङ गर्दै आएका कलाकार मदनदास श्रेष्ठ पनि चलचित्र बोर्डको अध्यक्ष ताकेर दौडधुपमा लागि सक्नु भएको । अर्का कलाकार रेखा थापाको पनि चर्चा त्यतिकै छ । दोलखाको लाँकुरीडाँडा गाविसस्थित डाङडुङेडाँडामा चलचित्र नगरी निर्माण हुने लगभग पक्का पक्की भईसकेको छ । स्थानीयवासीको पहलमा आवश्यक पर्ने जमिन दिने निर्णयपछि चलचित्र विकास वोर्डले अत्याधुनिक चलचित्र नगरी बनाउन औपचारिक रुपमा पहल सुरु गरेको थियो । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयपछि राष्ट्रिय योजना आयोगले पनि चलचित्र नगरीलाई राष्ट्रिय प्राथमिकताको योजनामा राखेको छ । 

तामाकोसी तेस्रोको अन्योल कहिले सम्म




शेरबहादुर भुजेल 

तामाकोसी तेस्रो जलविद्युत आयोजनाको बारेमा स्थानियले चासो देखाउँदै गर्दा सरकारले ग्यारेण्टि बस्न नसक्ने जनाएको छ । 
उर्जा मन्त्रालयले शुक्रबार आयोजनाको प्रर्वधक कम्पनी एसएन पावरलाई पत्र लेखेरे आयोजना निर्माणका लागि सरकार ग्यारेण्टि बस्न नसक्ने जवाफ पठाए पछि आयोजना निर्माणमा अन्योल छाएको छ । यस अघि एसएन पावरले आयोजना सँग सम्वन्धित कर्मचारीलाई अवकास दिए पछि आयोजना निर्माण हुनेमा आशंका व्यक्त गर्दै दोलखावासीले चासो देखाउन थालेका थिए ।

Sunday, September 9, 2012

अनौठो केरा फलेपछि हेर्नेको ओइरो (फोटो फिचर )




शेरबहादुर भुजेल 


दोलखाका दुई किसानको बगैंचामा अनौठो केरा फले पछि अहिले हेर्नेहरुको ओइरो लागेको छ । जिल्लाको दक्षिणी गाविस पवटी र फस्कुका दुई किसानको बगैंचामा अनौठो प्रकारको केरा फलेको हो । 
पवटी गाविस वडा नम्बर ६ का कृषक लक्ष्मीप्रसाद ओलीको बगैंचामा एउटै बोटमा दुई घरी केरा पसाएको छ । चिनिया माल्बु जातको केराको एउटै थम्बाबाट दुई घरी केरा पसाएको हो । यस्तै फस्कू गाविसको साउँतेका कृषक रामजी खड्काको बगैचामा पनि भरखरै स्थानिय बैंयु जातको केरामा एउटै थम्बाबाट दुई घरी केरा पसाएको छ । 
यसरी एउटै थम्बाबाट दुई घरी केरा पसाएको देखेपछि अचम्म मान्दै उक्त केरा हेर्न स्थानिय वासिन्दा लगायत टाढा टाढाबाट मानिसको भीड लागेको केरा धनी ओली र खड्काले बताएका छन्  ।
एउटै बोटमा दुई घरी केरा पसाएमा त्यो केराको धेरै महत्व हुने र जुन केरामा विशेष केही तत्व रहने भएकाले उक्त केरा धेरै मुल्यवान हुने बूढापाकाको भनाई गाउँमा फैलिए पछि केरा हेर्नेको भीड लागेको हो । आफ्नो बारीमा फलेको अनौठो केरालाई एक जना व्यक्तिले ४० हजारमा किन्छु भने पनि नदिएको पवटीका किसान ओलीले बताउनु भयो । गत वर्ष पनि पवटी सिम्टेकै कृषक रामजी ठकुरीको बगैचामा पनि एउटै थम्बाबाट दुइ घरी केरा पसाएको थियो ।

Friday, September 7, 2012

धमाधम भित्रिदै निजी लगानी, दोलखाली उत्साहित


शेरबहादुर भुजेल

राजाधानी काठमाण्डौबाट छोटो समयमै आइपुगिने सुन्दर जिल्ला दोलखामा पछिल्लो समय ठुला औदोद्यिक समुह र व्यवसायिक घरानाहरुको लगानी धमाधम भित्रिन थालेको छ । लगानि भित्रे सँगै दोलखालीहरु उत्साहित हुन थालेका छन् ।  जिल्लामा लगानि भित्रन थालेपछि दोलखाली भने उत्साहित हुन थालेका छन् ।
जैविक विविधताका साथै जलश्रोतमा धनी दोलखामा केही समय यता कृषि, जलश्रोत, पशुपालनका लगायत बिभिन्न उद्योग साथै कच्चा पदार्थ उत्पादन हुने कारखाना धमाधम स्थापना हुन थालेका छन् । देशका ठुला लगानीकर्ता र उद्योगपतिहरुले समेत जिल्लाको बिभिन्न क्षेत्रमा लगानी गर्न तर्फ आर्कषित देखिएका छन् ।

Thursday, September 6, 2012

दोलखामा १० हजार नक्कली विद्यार्थी फेला



शेरबहादुर भुजेल

बजारमा बिक्रीमा लागि राखिएको समान नक्कली हुन्छ । विभिन्न किसिमका प्रमाण पत्र र कागजात नक्कली हुन्छ । अरु अरु के के नक्कली होलान । तर दोलखामा भने विद्यालयमा पढ्ने विद्यार्थी नै नक्कली देखिएका छन् ।

यतिवेला देशरभ शिक्षा दिवसको रौनक सुरु भएको छ । शिक्षा दिवसको पुर्व सन्ध्यामा दोलखमा भने १० हजार नक्कली विद्यार्थी फेला परेका छन् । दोलखामा करिव १० हजार विधार्थी नक्कली भएका खुलाशा भएको छ । सामुदायिक विद्यालयमा जिल्ला शिक्षा कार्यालय दोलखाले चलाएको विद्यार्थी सुद्धिकरण अभियानवाट यति धेरै परिमाणमा विधार्थी नक्कली रहेको तथ्य बाहिर आएको हो ।

Wednesday, September 5, 2012

दोलखाका पत्रकार सुरु गरे नविन कार्य ।




शेरबहादुर भुजेल

दोलखाका पत्रकारहरुले बुधबारबाट नौलो कामको सुरुवात गरेका छन् । आफुले लेखेको समाचार माथि समिक्षा गर्ने नौलो प्रयोगको दोलखामा सुरुवात भएको छ । यस्तो कार्यको सुरुवात गरेको हो चरिकोट मिडिया सेन्टरले । नयाँ पत्रकार उत्पादनका लागि आधारभुत पत्रकारिता तालिम आयोजना गर्दै आएको चरिकोट मिडिया सेन्टरले क्रियासिल पत्रकारहरुले लेखेका र प्रकाशन गरेका समाचार माथि समिक्षा र टिप्पणी गर्ने कार्यक्रमको सुरुवात गरेको छ ।

Tuesday, September 4, 2012

धमाधम जिल्ला भित्रिदै निजी लगानी





राजाधानी काठमाण्डौबाट छोटो समयमै आइपुगिने सुन्दर जिल्ला दोलखामा पछिल्लो समय ठुला औदोद्यिक समुह र व्यवसायिक घरानाहरुको लगानी धमाधम भित्रिन थालेको छ । लगानि भित्रे सँगै दोलखालीहरु उत्साहित हुन थालेका छन् ।
जैविक विविधताका साथै जलश्रोतमा धनी दोलखामा केही समय यता कृषि, जलश्रोत, पशुपालनका लगायत बिभिन्न उद्योग साथै कच्चा पदार्थ उत्पादन हुने कारखाना धमाधम स्थापना हुन थालेका छन् । देशका ठुला लगानीकर्ता र उद्योगपतिहरुले समेत जिल्लाको बिभिन्न क्षेत्रमा लगानी गर्न तर्फ आर्कषित देखिएका छन् ।
सदरमुकाम चरिकोट नजिकै मकैबारी क्षेत्रको २७ रोपनी जग्गामा गत जेठबाट दिब्य प्लाई उद्योग सञ्चालनमा आएको छ । १४ करोडको लगानीमा जिल्लाका तिन र राजधानीका तिन व्यवसायीले शुरु गरेको यो उद्योगले शुरुको चरणमा अहिले दैनिक एक ट्रक प्लाई उत्पादन गरिरहेको उद्योग सञ्चालक समितिका अध्यक्ष बालकृष्ण शिवाकोटीले जानकारी दिनु भयो । उद्योगमा व्यवसायीहरु  बालकृष्ण शिवाकोटी, मालती गुरुङ, शिव शिवाकोटी, भरत चौधरी, गोपाल कार्की र मार्कन्य अधिकारीले लगानी गरेका छन् । उद्योगमा हाल एक सय ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

दोलखामा आत्महत्या र सम्वन्धविच्छेद बढ्यो




शेरबहादुर भुजेल

दोलखामा पछिल्लो समय सम्बन्धविच्छेद र आत्महत्या गर्नेहरुको संख्यामा बढेको छ । आर्थीक कारणले हुने घर झगडा र घरेलु हिंसा लगायतले आत्महत्या गर्नेको संख्या बढेको छ, भने बैदेशिक रोजगारीका कारण सम्वन्धविच्छेदका घटना बढेका छन् ।
गत दुई आर्थिक वर्षको तथ्याङ्क हेर्दा दोलखामा सम्वन्ध विच्छेद्को मुद्धा दर्ता हुने क्रम दोब्बरले वृद्धि भएको पाइएको छ । दोलखा जिल्ला अदालतमा आर्थिक वर्ष २०६७÷०६८ मा ८ ओटा मात्रै सम्वन्दविच्छेद्को मुद्धा दर्ता भएकोमा गत आर्थिक वर्ष २०६८÷०६९ मा त्यो संख्या वढेर ३२ ओटा मुद्धा दर्ता भएको छ । दुइ आर्थिक वर्षमा दर्ता भएका ४० मुद्धामध्ये १४ ओटा फस्र्यौट भइसकेको जिल्ला अदालत दोलखाले जनाएको छ । त्यस्तै १४ ओटा मुद्धा मिलापत्र भएको छ भने १२ ओटा मुद्धा फैसला हुन वाँकी रहेको जिल्ला अदालतले जनाएको छ ।

  केहि समय यता दोलखाबाट बैदेशिक रोजगारीमा जानको संख्य ामा उल्लेखिय बृद्धि भए सँगै सम्बन्धविच्छेद गर्नेको संख्या बढेको बताइएको छ । पुरुष महिला बैदेशिक रोजगारीका क्रममा लामो समय सँगै नबस्दा विभिन्न विषयमा कुरा नमिले पछि छुट्टिनेहरुको संख्या बढ्न थालेको जिल्ला अदालतले जनाएको छ । चालु आर्थिक वर्षको दुइ महिनाको अवधिमा मात्रै तिन ओटा सम्वन्धविच्छेदको मुद्धा दर्ता भएका जिल्ला अदालत दोलखाका नायव सुब्बा अमर बुढाथोकीले बताउनु हुन्छ ।
यसैगरी दोलखामा आत्महत्या गर्नेको संख्यामा पनि ह्वातै वृद्धि भएको छ । दुई वर्षको अवधिमा दोलखाका ६० जना भन्दा बढीले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०६७÷६८ र २०६८÷६९ मा जिल्लाका ६७ जनाले आत्महत्या गरेका छन् । सुरुमा घरझडा, विभिन्न प्रकारका हिंसाका बढेर मानसिक समस्या उत्पन्न हुने र पछि आत्महत्या हुने गरेको प्रहरीको भनाई छ  । आत्महत्या गर्नेमा अधिकांस महिलाहरु रहेका छन् ।

एकिकृत माओवादी दोलखाले यौनकाण्ड र आर्थिक अनियमितताको छानविन गर्ने




एकिकृत नेकपा माओवादी दोलख आले अहिले सम्म भएको आय व्ययको हिसाव सार्वजनिक गर्ने निर्णय गरेको छ । पार्टीको विभिन्न कमिटीमार्फत हाल सम्मको भएको खर्च विवरणबारे अध्ययन गरी यथार्थ छानबिनका लागि हेमबहादुर श्रेष्ठको संयोजकत्वमा हिसाव केन्द्रित समिति गठन गरेको छ ।
एकिकृत नेकपा माओवादी दोलखाको भदौ १३ गतेदेखि १७ गते सम्म सञ्चालन भएको जिल्ला सचिवालय र जिल्ला कमिटीको बैठकले पार्टीले गरेको हर हिसाबबारे अनुसन्धान गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्ला माताहतका सबै पार्टी कमिटीहरुलाई आयोजक समिति बनाउने निर्णय पनि गरेको छ । एकिृकत नेकपा माओवादी दोलखाले गरेको खर्च लामो समय देखि विवाद रहेको थियो । बैठकले सदरमुकाम चरिकोटमा रहेको रितबहादुर स्मृति प्रतिष्ठानको भवन निर्माण गर्ने जग्गा बेचिनु समग्रमा कमजोरी भएको ठहर गर्दै जग्गा किनबेचका क्रममा खर्च भएको १७ लाख ५० हजार बराबरको हिसाव तत्काल सार्वजनिक गर्ने निर्णय गरेको छ ।
बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै बैठकको अध्यक्षता गर्नु भएका जिल्ला सम्मेलन आयोजक समितिका संयोजक गंगाबहादुर कार्कीले आर्थिक अनियमिता भएको पाइएमा जो कसैलाई पनि नछाडिने बताउनु भयो ।
बैठकले एकिकृत नेकपा माओवादी दोलखाले जनवर्गीय मोर्चाहरुको सम्मेलन आगामी कातिक मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ । जसका लागि असोज १५ गते सम्म पार्टी सदस्यता नविकरण गरिसक्ने निर्णय गरेको छ ।  
बैठकले दोलखाको निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा देवी खड्का र क्षेत्र नम्बर २ को संयोजकका शंकर लामालाई जिम्मेवारी दिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । त्यसैगरी सबै राज्य समिति र जिल्ला सदस्यहरुको कार्यविभाजन गरिएको साथै पुर्व जनमुक्ति सेनालाई जिल्ला पार्टीमा समायोजन गर्ने निर्णय गरेको छ । बैठकले निर्वाचन क्षेत्र र एरियामा एक एक उत्पादनको योजना पनि अघि सारेको छ भने जिल्ला पार्टी निकटका प्रकाशनहरुलाई तत्कालका लागि वन्द गरेर पुन प्रकाशन गर्ने निर्णय गरेको छ । विभिन्न विवादका विषयलाई समेटेर आगमी जिल्ला सम्मेलनमा प्रस्तुत गरिने प्रतिवेदनमा समावेस गर्ने निर्णय भएको छ । बैठकले गंगाबहादुर कार्की विश्वको अप्रकाशित लेखको खेस्रा विचित्रको सचित्रमा केही गतल शब्द पर्न गएकोमा आत्माआलोचना गरिएको छ ।
बैठकले केही एकिकृत नेकपा माओवादी सम्वद्ध नेता तथा कार्यकर्ता सँग मुछिएका केही यौनजन्य घटनाका बारेमा पनि निर्णयहरु भएका छन् । एकिकृत माओवादीका सन्तोष केसीको सरस्वती खड्का सँगको सम्वन्धलाई श्रीमतीको सम्बन्ध कायम गरी उनीबाट जन्मिएको छोरोलाई स्विकार्न निर्देशन दिएको छ भने यौनदुराचारको आरोप लागेका सचिवालय सदस्य वद्री पौडेललाई निलम्बन गरी छानविनका लागि अनुशासन विभागलाई जिम्मा दिने निर्णय बैठकले निर्णय गरेको छ ।

Monday, July 23, 2012

जलवायु परिवर्तन सामान्य बुझाई






शेरबहादुर भुजेल

जलवायु परिवर्तन अहिले यो धेरै तिर सुनिने शब्द बनेको छ । पछिल्ला दिनहरुमा दोलखामा पनि यसको चर्चा हुन थालेको छ । जलवायु परिवर्तन सँग जोडेर दोलखामा विभिन्न गतिवधि हुने क्रम पछिल्ला दिनहरुमा बढेको छ । सरकारी होस् वा गैरसरकारी निकाय यिनले सञ्चालन गर्ने गतिविधिहरुमा जलवायु परिवर्तन जोडिन थालेको छ । पत्र पत्रिकाहरुमा पनि बेलाबखत जलवायु परिवर्तनका विभिन्न सवालका सामग्री पढ्न पाइन थालेको छ । तर हुन सक्छ जलवायु परिवर्तनलाई अलिहे पनि आम समुदायले बुझ्न सकेको छैन् । के हो जलवायु परिवर्तन अनि यो कसरी हुन्छ । हामी सबैले यसलाई नजिकबाट बुझ्न जरुरी छ ।