Tuesday, September 4, 2012

एकिकृत माओवादी दोलखाले यौनकाण्ड र आर्थिक अनियमितताको छानविन गर्ने




एकिकृत नेकपा माओवादी दोलख आले अहिले सम्म भएको आय व्ययको हिसाव सार्वजनिक गर्ने निर्णय गरेको छ । पार्टीको विभिन्न कमिटीमार्फत हाल सम्मको भएको खर्च विवरणबारे अध्ययन गरी यथार्थ छानबिनका लागि हेमबहादुर श्रेष्ठको संयोजकत्वमा हिसाव केन्द्रित समिति गठन गरेको छ ।
एकिकृत नेकपा माओवादी दोलखाको भदौ १३ गतेदेखि १७ गते सम्म सञ्चालन भएको जिल्ला सचिवालय र जिल्ला कमिटीको बैठकले पार्टीले गरेको हर हिसाबबारे अनुसन्धान गर्ने निर्णय गरेको हो ।
बैठकले जिल्ला माताहतका सबै पार्टी कमिटीहरुलाई आयोजक समिति बनाउने निर्णय पनि गरेको छ । एकिृकत नेकपा माओवादी दोलखाले गरेको खर्च लामो समय देखि विवाद रहेको थियो । बैठकले सदरमुकाम चरिकोटमा रहेको रितबहादुर स्मृति प्रतिष्ठानको भवन निर्माण गर्ने जग्गा बेचिनु समग्रमा कमजोरी भएको ठहर गर्दै जग्गा किनबेचका क्रममा खर्च भएको १७ लाख ५० हजार बराबरको हिसाव तत्काल सार्वजनिक गर्ने निर्णय गरेको छ ।
बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै बैठकको अध्यक्षता गर्नु भएका जिल्ला सम्मेलन आयोजक समितिका संयोजक गंगाबहादुर कार्कीले आर्थिक अनियमिता भएको पाइएमा जो कसैलाई पनि नछाडिने बताउनु भयो ।
बैठकले एकिकृत नेकपा माओवादी दोलखाले जनवर्गीय मोर्चाहरुको सम्मेलन आगामी कातिक मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ । जसका लागि असोज १५ गते सम्म पार्टी सदस्यता नविकरण गरिसक्ने निर्णय गरेको छ ।  
बैठकले दोलखाको निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा देवी खड्का र क्षेत्र नम्बर २ को संयोजकका शंकर लामालाई जिम्मेवारी दिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । त्यसैगरी सबै राज्य समिति र जिल्ला सदस्यहरुको कार्यविभाजन गरिएको साथै पुर्व जनमुक्ति सेनालाई जिल्ला पार्टीमा समायोजन गर्ने निर्णय गरेको छ । बैठकले निर्वाचन क्षेत्र र एरियामा एक एक उत्पादनको योजना पनि अघि सारेको छ भने जिल्ला पार्टी निकटका प्रकाशनहरुलाई तत्कालका लागि वन्द गरेर पुन प्रकाशन गर्ने निर्णय गरेको छ । विभिन्न विवादका विषयलाई समेटेर आगमी जिल्ला सम्मेलनमा प्रस्तुत गरिने प्रतिवेदनमा समावेस गर्ने निर्णय भएको छ । बैठकले गंगाबहादुर कार्की विश्वको अप्रकाशित लेखको खेस्रा विचित्रको सचित्रमा केही गतल शब्द पर्न गएकोमा आत्माआलोचना गरिएको छ ।
बैठकले केही एकिकृत नेकपा माओवादी सम्वद्ध नेता तथा कार्यकर्ता सँग मुछिएका केही यौनजन्य घटनाका बारेमा पनि निर्णयहरु भएका छन् । एकिकृत माओवादीका सन्तोष केसीको सरस्वती खड्का सँगको सम्वन्धलाई श्रीमतीको सम्बन्ध कायम गरी उनीबाट जन्मिएको छोरोलाई स्विकार्न निर्देशन दिएको छ भने यौनदुराचारको आरोप लागेका सचिवालय सदस्य वद्री पौडेललाई निलम्बन गरी छानविनका लागि अनुशासन विभागलाई जिम्मा दिने निर्णय बैठकले निर्णय गरेको छ ।

0 comments:

Post a Comment