Tuesday, September 4, 2012

दोलखामा आत्महत्या र सम्वन्धविच्छेद बढ्यो




शेरबहादुर भुजेल

दोलखामा पछिल्लो समय सम्बन्धविच्छेद र आत्महत्या गर्नेहरुको संख्यामा बढेको छ । आर्थीक कारणले हुने घर झगडा र घरेलु हिंसा लगायतले आत्महत्या गर्नेको संख्या बढेको छ, भने बैदेशिक रोजगारीका कारण सम्वन्धविच्छेदका घटना बढेका छन् ।
गत दुई आर्थिक वर्षको तथ्याङ्क हेर्दा दोलखामा सम्वन्ध विच्छेद्को मुद्धा दर्ता हुने क्रम दोब्बरले वृद्धि भएको पाइएको छ । दोलखा जिल्ला अदालतमा आर्थिक वर्ष २०६७÷०६८ मा ८ ओटा मात्रै सम्वन्दविच्छेद्को मुद्धा दर्ता भएकोमा गत आर्थिक वर्ष २०६८÷०६९ मा त्यो संख्या वढेर ३२ ओटा मुद्धा दर्ता भएको छ । दुइ आर्थिक वर्षमा दर्ता भएका ४० मुद्धामध्ये १४ ओटा फस्र्यौट भइसकेको जिल्ला अदालत दोलखाले जनाएको छ । त्यस्तै १४ ओटा मुद्धा मिलापत्र भएको छ भने १२ ओटा मुद्धा फैसला हुन वाँकी रहेको जिल्ला अदालतले जनाएको छ ।

  केहि समय यता दोलखाबाट बैदेशिक रोजगारीमा जानको संख्य ामा उल्लेखिय बृद्धि भए सँगै सम्बन्धविच्छेद गर्नेको संख्या बढेको बताइएको छ । पुरुष महिला बैदेशिक रोजगारीका क्रममा लामो समय सँगै नबस्दा विभिन्न विषयमा कुरा नमिले पछि छुट्टिनेहरुको संख्या बढ्न थालेको जिल्ला अदालतले जनाएको छ । चालु आर्थिक वर्षको दुइ महिनाको अवधिमा मात्रै तिन ओटा सम्वन्धविच्छेदको मुद्धा दर्ता भएका जिल्ला अदालत दोलखाका नायव सुब्बा अमर बुढाथोकीले बताउनु हुन्छ ।
यसैगरी दोलखामा आत्महत्या गर्नेको संख्यामा पनि ह्वातै वृद्धि भएको छ । दुई वर्षको अवधिमा दोलखाका ६० जना भन्दा बढीले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०६७÷६८ र २०६८÷६९ मा जिल्लाका ६७ जनाले आत्महत्या गरेका छन् । सुरुमा घरझडा, विभिन्न प्रकारका हिंसाका बढेर मानसिक समस्या उत्पन्न हुने र पछि आत्महत्या हुने गरेको प्रहरीको भनाई छ  । आत्महत्या गर्नेमा अधिकांस महिलाहरु रहेका छन् ।

0 comments:

Post a Comment