Sunday, March 2, 2014

गिद्द संरक्षणको आवश्यक

जैविक विविधता र पर्यावरणका लागि अत्यन्तै महत्वका साथ लिइने गिद्धको संख्या घट्दै जान थाले पछि संरक्षणका लागि विभिन्न निकायहरुले पहल थालेका छन् । पर्यावरणका दृष्टिले गिद्ध संरक्षणको आवश्यकता बारेमा दोलखामा पनि चर्चा हुन थालेको छ । 
तस्वीर : इन्टरनेट 

पशुहरुको उपचारका लागि प्रयोग गरिने डायक्लोफिनाक औषधीको प्रयोग बढ्नु र वास स्थान मासिनुका कारण पछिल्लो समय गिद्धहरुको संख्यामा कमी आए पछि दोलखा पनि जिल्ला पशु सेवा कार्यालय मार्फत गिद्ध संरक्षण अभियान सुरु भएको छ । 

मरेका जनावर खाने गिद्ध पछिल्लो समय जनावरलाई खुवाइएको डायक्लोफिनाक औषधिका कारण मासिदै गएको जिल्ला पशु सेवा कार्यालय दोलखाका प्रमुख डाक्टर तेजबहादुर रिजाल बताउँनु हुन्छ । हुन त अहिले नेपालमा डायक्लोफिनाक औषधी पशुहरुमा प्रयोग गर्न पुर्ण रुपम प्रतिवबन्ध लगाइएको छ । 
पवित्र ग्रन्थ रामायणमा जटायुका नामले प्रख्यात गिद्धहरु प्रकृतिका वरदान भएकाले संरक्षणमा चासो दिनु पर्ने जिल्ला पशु सेवा कार्यालयकै अर्का डाक्टर रामप्रकाश प्रधान बताउँनु हुन्छ । पर्यावरणीय चक्रका अभिन्न अंग र प्रकृतिका कुचिकार भनेर चिनिने गिद्ध संरक्षणका अन्य जिल्ला अभियान चलीरहेको बेला दोलखामा पनि  हुन गिद्ध संरक्षणको बहस सुरु भएको हो । 

दोलखाका प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेल पनि गिद्धहरुको संरक्षणका लागि आवश्यक पहल गर्ने बेला आएको बताउँनु हुन्छ । नेपालका नवलपरासी, काश्की, रुपन्देही, दाङ्ग, कैलाली र सुनसरीमा गिद्धरेष्टुरेष्ट खुली सकेका छन भने अन्यत्र पनि संरक्षणका लागि विभिन्न अभियान जारी रहेका छन् । नेपालमा हाडफोर गिद्ध, हिमाली गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, खैरो गिद्ध, राज गिद्ध, डंगर गिद्ध, सानो खैरो गिद्ध र लामोठूँडे गिद्ध पाइने जिल्ला पशु सेवा कार्यालय दोलखाले जनाएको छ । ती मध्य केही प्रजातीका गिद्धहरु दोलखामा पनि पाइन्छन् । पछिल्लो एक दशकमा नेपाल, भारत र पाकिस्तानमा गिद्धको संख्या ९५ प्रतिशतले कमी आएको बताइन्छ । 

गिद्धहरुले गुँड बनाउँने ठुला सिमलका रुखहरु मासिनु र उनीहरुको आहारामा कमी आउनुले गर्दा पनि गिद्धहरु मासिने गरेको दोलखाका जिल्ला वन अधिकृत रविन्द्र मर्हजनले बताउँनु भयो । 

तस्वीर : इन्टरनेट 

गिद्ध सबैभन्दा उचाइमा उड्ने पंक्षी हो ।  सन् १९७३ मा आईभरी कोष्टमा ३७ हजार फीटको उचाईमा उडेको रेकर्ड छ । रपल्स नामक गिद्धले त्यतीबेला उडिरहेको जहाजलाई ठक्कर दिएको थियो । केही तल झरेपछि पाईलटले जहाजलाई नियन्त्रणमा लिएका थिए । यसको संसारभर चर्चा भएको थियो । सगरमाथाको उचाईभन्दा माथी उड्ने अरुचरालाई अक्सिजनको समस्या पर्ने गरेको छ । असाधारण वातावरणमा पनि गिद्ध बाच्न सक्छ । उसले धेरै क्षेत्रमा एक्कैसाथ आहाराको खोजीका लागि उचाईको उडान तय गर्ने गरेको चराविद्हरुले बताएका आएका छन् । अफ्रिका संरक्षणकर्मीहरुका अनुसार अफ्रिका महादेशमा हरेकवर्ष मरेका जंगली जनावरको मासु र कंकाल झण्डै चार करोड टन भन्दापनि धेरै हुन्छ । मांसहारी जीवले जम्मा ३६ प्रतिशत मात्र सडेगलेका मासु र कंकाल खान्छन  । तर त्यो भन्दा धेरै गिद्धले सडेगलेका मासु र कंकाल खाएर वातावरणलाई सहज तरिकाले अगाडी बढाउन मद्दत गर्छ । त्यतिमात्र होईन महामारी फैलाउन सहयोग गर्ने जंगली कुकुर र स्याललाई रोक्ने काम पनि गर्छ ।


गिद्ध आफ्नो भोजनको खोजीमा धेरैनै दुरी पार गर्न सक्छ । हालै रपल्स नामक गिद्धले ताञ्जानियादेखि आहाराको खोजीमा केन्याहुँदैं सुडान र ईथोपियासम्म पुगेको दृश्यलाई संरक्षणकर्मीहरुले क्यामेरामा कैद गरेका छन । त्यसैले गिद्धलाई विभिन्न देशले जासुसीको आरोप पनि लगाउने गरेका छन । आजभोली गिद्धमा स्याटलाईट तथा क्यामेरा जडान पनि गर्न थालिएको छ । रेडियोकलर जडान गरिएको भारतीय गिद्ध पाकिस्तानमा मारिएपछि यसको पनि चर्चा भएको थियो ।

टर्र्कीमा पाइने गिद्धले आफ्नै खुट्टामा पिसाब गर्ने गरेका छन् । वैज्ञानिकहरुको अनुमान अनुसार उसले विभिन्न रोगलाग्न नदिनका लागि खुट्टामा पिसाब गर्ने गरेको हो । पिसाबमा पाईने पदार्थले किटाणुलाई फैलीनरोक्ने र मार्ने काम गर्छ । दक्षिण अफ्रिकामा पाईने केप गिद्ध एक पटकमा एक हजार किलोमिटर दुरी तय गर्न सक्छ । त्यसरी लामो दुरी तय गर्दा विजुलीको प्रशारण लाईनलाई आधार मानेर गिद्ध उड्ने गरेको संरक्षणकर्मीहरुले बताएका छन् । बिर्डड गिद्ध संसारको यस्तो पंक्षी हो । जसले आफ्नो आहाराको ९० प्रतिशतसम्म मात्र हाडखोर मात्र खाने गरेको छ । यो गिद्धमा पाईने अम्लीयपनले हड्डिलाई पचाउन सजिलो हुन्छ ।  
 एजेन्सीहरुको अनि उज्यालो ९० नेटवर्कको सहयोगमा

0 comments:

Post a Comment