Wednesday, September 19, 2012

बन्ला त दोलखामा चलिचित्र स्टुडियो





शेरबहादुर भुजेल 

केही साता अघि चलचित्र विकास वोर्डका अध्यक्ष गणेश भण्डारीले राजिनामा गरे । त्यस लगत्तै म लगायत अन्यकेही साथीहरु झस्कियौं । कतै त्यसको प्रभाव त दोलखाका निर्माण हुन लागको चलचित्र नगरी (फिल्म सिटी) मा पनि पर्ने त होइन् । किनकी भण्डारी दोलखामा फिल्म सिटी बन्न पर्छ भनेर खुलेर लविङ् गर्दै आएका थिए । चलचित्र नगरी निर्माण गर्ने मुख्य जिम्मेवारी चलचित्र विकास वोर्डको भएकाले पनि यसलाई नेतृत्व गर्ने ब्यक्ति सकारात्मक भएनन् भने चलचित्र नगरी निर्माण दोलखालीको सपना मात्रै पनि हुन सक्छ । 
डाङडुङे डाँडा
हुन त अहिले दोलखामा चलचित्र नगरी निर्माण हुनु पर्छ भनेर जोडदार लविङ गर्दै आएका कलाकार मदनदास श्रेष्ठ पनि चलचित्र बोर्डको अध्यक्ष ताकेर दौडधुपमा लागि सक्नु भएको । अर्का कलाकार रेखा थापाको पनि चर्चा त्यतिकै छ । दोलखाको लाँकुरीडाँडा गाविसस्थित डाङडुङेडाँडामा चलचित्र नगरी निर्माण हुने लगभग पक्का पक्की भईसकेको छ । स्थानीयवासीको पहलमा आवश्यक पर्ने जमिन दिने निर्णयपछि चलचित्र विकास वोर्डले अत्याधुनिक चलचित्र नगरी बनाउन औपचारिक रुपमा पहल सुरु गरेको थियो । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयपछि राष्ट्रिय योजना आयोगले पनि चलचित्र नगरीलाई राष्ट्रिय प्राथमिकताको योजनामा राखेको छ । 

सुचना तथा सञ्चार मन्त्रालयले जेठ २ गते लाकुरीडाँडा गाविसको वडा नम्वर ८ र ९ मा चलचित्र नगरी बनाउने सन्दर्भमा राष्ट्रिय योजना आयोगसँग राय माग्दै पत्राचार गरेको थियो । पत्रको जवाफमा आयोगले जेठ ५ गते सञ्चार मन्त्रालयलाई प्राथमिकताको आयोजना भएको जानकारी गराए पछि चलचित्र नगरी निर्माण प्रक्रिया सुरु भएको हो । सरकारको नेपालमा एउटा सुविधा सम्पन्न चलचित्र स्टुडियो निर्माण गरिने छ भन्ने नीति अनुसार सञ्चार मन्त्रालयको निर्णय र आयोगको सिफारिस पछि चलचित्र नगरी निर्माण प्रक्रिया सुरु भएको निर्माण अभियानमा जुट्नु भएको वरिष्ठ कलाकार मदनदास श्रेष्ठले त्यतिबेला नै जानकारी दिनु भएको थियो । 
चलचित्र स्टुडीयेाका बारेमा रिर्पोटिङ गर्दै दोलखाका पत्रकार 
राष्ट्रिय योजना आयोगको पत्र पछि जग्गा प्राप्तिको प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय दोलखाले प्रक्रिया सुरु गरिसकेको छ । भौगोलिक बनावटले उपलब्ध अनूकुल हावापानी, स्वच्छ वातावरण, साँस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यले गर्दा नेपाल धेरैथरी पर्यटकहरूको मनपरेको स्थल भएजस्तै संसारका सिनेमा निर्माताहरूको लागि पनि मनोरम र रोमाञ्चक गन्तव्य बनाउनका लागि चलचित्र नगरीको निर्माण गर्न लागिएको चलचित्र विकास वोर्डले जनाएको छ । 
चलचित्र नगरीेमा भित्री छायाङ्कनका लागि स्टुडियो चलचित्र सम्पादन प्रयोगशाला, चलचित्र प्रशोधन प्रयोगशाला, चलचित्र निर्माणलाई आवश्यक प्राविधिक तथा यान्त्रिक केन्द्र, चलचित्र छायाङ्कनका बेला दृश्य राख्नु पर्ने खालका जेल, अफिस, पुलिस स्टेशन, अदालत, डोमी हाउस आदिका सेटहरु उपलब्ध हुने छन भने  आउट डोर छायाङ्कनका लागि सेटहरु, यातायातका साधनहरु, पर्यटकीय मनोरञ्जनका साधनहरु पनि उपलब्ध हुने छन् ।  
लाँकुरीडाँडा गाविसस्थित दादर सामुदायिक वन क्षेत्रमा चलचित्र नगरी निर्माण हुन लागेको हो । चिसो याममा हिँउ पर्ने, जैविक विविधताले भरिपूर्ण मानिएको अनि जडिबुटी र विभिन्न वन्यजन्तु समेत पाइने गर्छ ।

तपाईलाई कस्तो ल्गायो यो समाचार  




0 comments:

Post a Comment