Monday, October 15, 2012

दोलखामा ज्वाईन्ट यूनिट प्याट्रोल र क्रस युनिट प्याट्रोल

दोलखामा ओम अधिकारी प्रहरी नायव उपरिक्षक भएर आए पछि विभिन्न प्रकारका सुरक्षा शैलीको प्रयोग सुरु भएको छ । यसलाई सबैले सकारात्मक रुपमा लिएइएको छ । अहिले ज्वाईन्ट यूनिट प्याट्रोल र क्रस युनिट प्याट्रोल जस्ता सुरक्षा शैली अपनाइएको छ ।

दशैंलाई लक्षित गरी दोलखा प्रहरीले सुरु गरेको सुरक्षा रणनीतिका कारण दोलखाको शान्ति सुरक्षा सुदृढ हुदै गएको छ । 


दशै तिहार नजिकिँदै गर्दा जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षा व्यवस्था कडा बनाउने प्रयास गरेको छ । चाड पर्वको बेला अपराधिक गतिविधिमा बृद्धि हुनसक्ने देखिएकोले सुरक्षाको नयाँ शैली अपनाइएकोे जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक ओम प्रसाद अधिकारीले जानकारी दिनु भयो ।  चाडबाडलाई लक्षित मादक पदार्थ सेवन (मापसे) लाई पनि अहिले कडा पारिएको छ । केही दिन यता राति १० बजेपछि मापसे गरी सडकमा हिँड्ने जो कोहीलाई प्रहरीले शंकाको भरमा नियन्त्रनमा लिने कार्यको थालनी सुरु भएको छ । “केही लाई नियन्त्रणमा लिई छाडिएको छ ।” प्रहरी प्रमुख अधिकारीले भन्नु भयो । शान्ति सुरक्षा कायम गर्न हामी निकै प्रयास गर्ने छौ । 

दशैंको माहोलमा सार्वजनिक यातायातमाका यात्रुहरु दुर्घटनामा नपरुन् र  बसको छतको यात्रालाई पनि नियन्त्रण गर्न ट्राफिक चेकिङ्गलाई कडा पारिएको छ । “हुन त प्रहरी प्रशासनका देखिने भन्दा नदेखिने काम बढी हुने गर्छ । प्रहरी सक्रिय हुँदा अपराधिक घटना कम हुने गर्छन् ।” ५७ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी प्रमुख अधिकारीले भन्नु भयो । कतै पनि अपराधिक कार्य भएनन् भने प्रहरी प्रशासन सफल मानिने छ । प्रहरीले सुरु गरेको यो सकारात्मक कार्यलाई गाउँ गाउँ, कुना कन्धरा सम्म पुर्याउन गाउँ तहका प्रहरी चौकीहरुलाई पनि सक्रिय पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दोलखामा ओम अधिकारी प्रहरी नायव उपरिक्षक भएर आए पछि विभिन्न प्रकारका सुरक्षा शैलीको प्रयोग सुरु भएको छ । यसलाई सबैले सकारात्मक रुपमा लिएइएको छ । अहिले ज्वाईन्ट यूनिट प्याट्रोल र क्रस युनिट प्याट्रोल जस्ता सुरक्षा शैली अपनाइएको छ । ज्वाईन्ट यूनिट प्याट्रोलमा कुनै दुई वटा युनिटका प्रहरीहरु एकै ठाउँमा जम्मा भएर अर्को ठाउँमा गस्ति जाने र फर्केर फेरी आफ्नै युनिटमा जाने कार्यको सुरुवात भएको छ । यस्तो कार्यले गर्दा थोरै जनशक्तिले पनि प्रभावकारी काम हुन सक्छ भनेर देखाउन खोजिएको अधिकारीले बताउँनु भयो । 

क्रस युनिट प्याट्रोलमा भने एउटा युनिटको प्रहरी सार्वजनिक वसमा चढेर अर्को युनिट सम्म जाने र पुन फर्केर आफ्नो युनिटमा आउने गरिएको छ । यसबाट सार्वजनिक वसमा यात्रा गर्नेहरुले सुरक्षाको महसुस गर्न गरेका छन् । 

दोलखामा प्रहरी र सुमदाय मिलेर गर्न सकिने गतिविधिले पनि निरन्तरता पाएको छ । चरिकोटमा भीमेश्वर सामुदाकिय केन्द्र, दोखला युनाइटेड क्लव र लालीगुराँस युवा क्लवले घरबेटी उज्याले अभियान सुरु गरिएको छ । यो अभियान अन्र्तगत हरेक घरको अगाडी सडक उज्यालो हुने गरी रात्री समयमा बत्ति बाल्नका आग्रह गरिएको छ । बजार क्षेत्रमा रात्रिकालिन समयमा चोरीका घटनाहरु बढी हुने गरेको र अध्यारो हुँदा अपराधिक गतिविधिका लागि झन् सहज हुने भएकाले घर अगाडी बत्ति बाल्ने कार्यको सुरुवात भएको छ । 

0 comments:

Post a Comment