Friday, October 5, 2012

चरिकोटको तर्साउने छात्राबास


सदरमुकामको एक मात्र उच्च माध्यामिक तहमा बिज्ञान बिषय पढाई हुने त्यही बिद्यालयको महिला फिडर छात्रावासमा रहेका छात्राहरु भने दैनिक रुपमा तर्सिन्छन । कोही बेहोस बन्छन र बेहोस हुने साथीलाई तिनै छात्राहरु आफै बोकेर धामी झाँक्रीकोमा पुरयाउछन् । छात्रावासमा डेढ बर्ष देखी बस्दै आएकी मनिका धनुकेकी अनुसार उनिहरुले रातको समयमा बेहोस हुने साथीलाई छात्रावासकै कर्मचारीले कैयौ पटक धामी झाँक्रीकोमा लगिसके । 

“जमाना आधुनिक भै सकेको छ । यो जमानामा पनि भुत प्रेतका कुरा गरेर हुन्छ र” म यसै भन्ने गर्थे भूत प्रेतका कथा मलाई सुनाउनेहरुलाई । सुरुमा हामी गाउँमा हुदा मेरा घरपट्टीका माइला हजुरबाले हामीलाई धेरै भुतप्रेतका कथा सुनाउनुहुन्थ्यो । त्यसो त वहाँ धामी पनि भएर होला । वहाँलाई यस्ता कुरा धेरै आउने गर्थे । अहिले वहाँ वित्नु भएको त्यस्तै ३ वर्ष जति भयो होला । वहाँले धामी बनेको बेला लगाउने गरेका मालाहरु अनि बजाउने गरेको ड्याङ्ग्रो मेरा आमाले हाम्रो घरमा ल्याएर राख्नु भएको छ । आमाले मलाई अहिले पनि सुनाउनु हुन्छ, सानोमा म विरामी हुँद धेरै पनि मलाई माइला हजुरबुबाले निको पार्नु भएको छ रे । 


जसले जे भनोस म भुत प्रेत अनि तर्साउने कुरामा खासै विश्वास गर्दिन् । यस्तो कुरा हुने बेलामा कति पटक त मेरा साथीहरुलाई मैले प्रतिकारनै गरेको छ । रेडियो शैलुङ सामुदायिक एफएमका स्टेसन म्यानेजर विष्णु सुवेदीलाई पनि भुत प्रेतका कुरा निकै आउँछन् । उनका कुरा पनि बेला बेलामा मैले प्रतिकार गर्दै आएको छु । नेपाली काँग्रेस दोखलाका सचिव तथा श्रष्टा केशवराज चौलागाई, सामाजिक अभियान्ता खिर्ब क्रान्ति, सहकर्मी जीवन लामा लगायत सँग मेरो बेला बेलामा भूत र तर्साउने कुराका बारेमा बेलाबेलामा तर्क विर्तक हुने गरेको छ । 

प्रविधिमा आएको परिवर्तनले हामीलाई केही कुरामा विश्वास नगर्न बाध्य पारेको छ । हामी भुत प्रेतका कुरा गर्दा तस्रिने गर्छौ । तर मेरो छोरो टेलिभिजनमा रातभर भुतका फिल्म हेरेर बस्ने गर्छ । हामी भन्ने गर्छौ अहिलेको यो आधुनिक जामानामा पनि कहि भुत हुन्छ र ? हुन त गएको वर्ष काठमाण्डौंको न्युरोडमा पनि दिउँसै भुत निस्केको कुराले ब्यापकता पाएको थियो । 

अहिले चरिकोटमा राती तस्राउने र डराउने अनि भुत प्रेतका कुराले निकै चर्चा पाएको छ । दोलखा सदरमुकाम चरिकोट स्थित कालिञ्चोक उच्च माविले बिद्यालयमै ‘एकाहा पुराण’ लगाएको समाचार दोलखाका पत्रकार रमेश खतीवडाले नागरिक दैनिक मार्फत ब्रेक गरे । मैले पनि नागरिक दैनिक पढेर थाहा पाए । यस अघि यो कुरा त्यति सार्वजनकि भएको पनि थिएन् । रातको समयमा छात्रवासका छात्राहरु तर्सने र केहीमा बेहोस हुने लक्षण देखापरेपछि बिद्यालयले ९ जना ब्राहमण जम्मा पारेर छात्राहरुको मनको डर हटाउन पुराण लगायो । तर पुराण लगाइए पनि छात्राहरुको देखिएको यो समस्या समाधान भएको छैन । 

डर भगाउने मनोबैज्ञानिक उपचार भन्दै बिद्यालयले लगाएको पुराण पछि छात्राहरुको होस्टेलमा रातको समयमा चिच्याउने र तर्साउने क्रम नरोकिएको विद्यार्थीहरु बताउँछन । कक्षा १२ की मनिका धनुकेले पुराण लगाईएको दिन यता समेत रातको १ देखी २ बजेको समयमा चिच्याएको आवाज सुनेको बताउनु हुन्छ । कालिञ्चोक उच्च माविको महिला छात्रावासमा पढ्ने बिद्यार्थीहरुमा तर्सने, डराउने र कहिलेकाहीँ बेहोस समेत हुने यो रोग भने नयाँ नभएको त्यहाँ पढाउने पुराना शिक्षकहरु बताउछन् । “यो ब्याचका बिद्यार्थीहरुमा मात्र यो लक्षण देखिएका हैन” शिक्षक शिव शिवाकोटीले भन्नुहुन्छ “यस अघिका छात्राहरुमा समेत त्यो समस्या देखा पर्दै आएको थियो” । 

झण्डै २ हजार मिटर उचाईको डाँडामा रहेको चरिकोटको मुख्य बजार क्षेत्र भन्दा करिब एक सय मिटर तल लामाचौर मैदान क्षेत्रमा पातलो जंगलको बिचमा पर्छ कालिञ्चोक उच्च मावि । भारतिय दुतावासले बनाईदिएको भव्य भवनमा बिद्यालय सञ्चालन हुदै आएको छ भने लामाचौर मैदानको भित्तामा छ नेदरल्याण्ड सरकारको सहयोगमा २०४१ साल तिर बनेको महिला फिडर छात्रावास । 

बुढापाकाहरुलाई उद्धृत गर्दै बिद्यालयका पुराना शिक्षकहरुले बताए अनुसार छात्रावास बसेको भवन कुनै बेला तमाङ समुदायका बच्चाहरुको चिहानका रुपमा थियो रे । चरिकोटे डाँडोमा बस्ती नबस्दा यो सिङगै डाँडो एउटा घारी र पाखोको रुपमा थियो । चरिघ्याङ र चोथाङ क्षेत्रमा तमाङ समुदायका केही घरहरु थिए  भने रामकोटमा न्यापाने ब्राम्हण र सिमपानी क्षेत्रमा थापाहरुका केही घर थिए । अहिलेको बजार क्षेत्रमा घारी थियो । “हो त्यही तल (जहाँ अहिले महिला छात्रावास छ) तामाङ समुदायको बच्चाहरु चिहान थियो रे” बिद्यालयका प्रधनाध्यापक नवराज न्यौपाने भन्नुहुन्छ । 

२०४१ देखी ४७ सम्म कक्षा ८ देखी १० मा बाहिरबाट पढ्न आउने छात्राहरुलाई राखेर सञ्चालन भएको छात्रावास ४७ तिर बन्द भएपछि त्यस यता बिचको समयमा जिल्ला शिक्षा कार्यालय समेत बसेको थियो । शिक्षा कार्यालय निस्केपछि बिचमा बन्द रहेको छात्रावासमा केही समय बिद्यालयकै शिक्षक बसे र २०६० सालबाट शिक्षा बिभागले पुःन सञ्चालनमा ल्याएपछि  छात्राहरु यहा बसेर अध्ययन गर्दै आएका छन् । 

पुरानो खालको परम्परागत भवन, भित्री उक्लीने भर्यारङको परम्परागत डिजाईन र छात्रावास भवनकै तल्लो तल्लाको दाँयापट्टी छेउमा रहेको चर्पी र त्यस वरपर दिउसो पनि हलुका अन्धकारमय वातावरण छ छात्रावास भित्र । दक्षिण तिर फर्किएको भवनको माथिल्लो तलाका ५ वटा कोठामा बस्ने छात्राहरु अधिकांश दक्षिणबाट उत्तर तिरै फर्किएका प्रत्येक खाटमा दुई जनाका दरले प्रत्येक कोठामा ४ जना सुत्छन् । उनिहरु बस्ने भन्दा वरपरका भवनहरुमा पनि कर्मचारी निवास, र बहिरा, दृष्टीबिहिन छात्रा, छात्राहरुको समेत भवन छ । छात्राहरुलाई  रेखदेख गर्ने वार्डेन र कर्मचारी माथिल्लो पट्टीको भवनमा बस्छन् । 
सदरमुकामको एक मात्र उच्च माध्यामिक तहमा बिज्ञान बिषय पढाई हुने त्यही बिद्यालयको महिला फिडर छात्रावासमा रहेका छात्राहरु भने दैनिक रुपमा तर्सिन्छन । कोही बेहोस बन्छन र बेहोस हुने साथीलाई तिनै छात्राहरु आफै बोकेर धामी झाँक्रीकोमा पु¥याउछन् । छात्रावासमा डेढ बर्ष देखी बस्दै आएकी मनिका धनुकेकी अनुसार उनिहरुले रातको समयमा बेहोस हुने साथीलाई छात्रावासकै कर्मचारीले कैयौ पटक धामी झाँक्रीकोमा लगिसके ।

 छात्रावासका छात्राहरुलाई पटक पटक बिभिन्न लक्षण देखिएको बिद्यार्थी लक्ष्मी थामीले बताउँनु भयो । थामी आफु पनि आफु बेला बेलामा त्रसाउने रोगको शिकार भएको सुनाउनु हुन्छ । “सोमबारको साँझ खाना खाने समयमा हलुका रिंगटा लागे जस्तो भाको थियो, केही कुराबाट तर्सिएँ,” उहाँले भन्नु भयो “मुटु दुखेपछि बेहोस भएर ढलेछु, मंगलबार राती साथीहरुले धामीको लगेपछि  ठिक भयो ”  छात्रावासकी अर्का बिद्यार्थी स्वस्थानी नेपालीका अनुसार साउन यता मात्र लक्ष्मी २ पटक, निष्मा एक पटक र कुमारी थामी एक पटक बेहोस भईसकेका छन् । उनका अनुसार कहिले सुतिरहेको बेलामा छाँया आएर थिचेपछि, चर्पी जाँदा केही कुराले समाएपछि लगायतका कारण साथीहरु बेहोस भएका छन् ।  

यसरी बोहोस हुने  आत्तिने र अत्तालिनेमा बढी ४ नं कोठामा बस्नेहरु छन् । “कहिले खाट हल्लियो भन्दै चिच्याउछन” २ नं कोठामा बस्ने मनिकाले भन्नु भयो । मनिकाले अधिकांश छात्राहरुमा तर्सिने सगैँ, रिगँटा लाग्ने, जिउँ अरअरो हुने, ज्वरो आउनलाई जिउ दुखुको जस्तो हुने लगायतका समस्या छात्राहरुमा बेला बेलामा देखा पर्ने गर्छ । छात्रावासमा १६ देखी २१ बर्ष उमेरका छात्राहरु बस्छन् । 

विद्यालयका प्रधानाध्यापक नवराज न्यौपाने छात्राहरु तर्सिने गरेको स्विकार गर्नु हुन्छ  “मानिस मरेपनि उसको आत्मा जिवित रहन्छ भन्ने कुरामा अमेरिकन सहित संसारका विकसित मुलुकका मानिसहरु विश्वास गर्छन” न्यौपाने भन्नु हुन्छ “त्यही आत्मा वा अन्य कुनै कुराले उनिहरुमा मनोवैज्ञानिक डर उत्पन्न भएको हुनसक्छ । ”  


0 comments:

Post a Comment