Wednesday, November 21, 2012

सामाजीक सञ्जाल र सञ्चार


संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नेपाल  प्रमुख रोर्बट पाइपरले १२ मार्च २०१२ मा गरेको एउटा ट्वीटलाई आधार मानेर पत्रकारहरुले समाचार तयार पारेका थिए । त्यतिबेला पाइपरले संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनले गर्ने भनिएको नेपाल भ्रमण रोकिएको जानकारी ट्वीटरबाट दिएका थिए । ट्वीटरमा पाइपरलाई फ्लो गरेका पत्रकारहरुले तत्काल यो जानकारीका आधारमा समाचार बनाएका थिए । त्यस्तै गएको असोजमा राजधानी काठमाण्डौंमा भएको सिता एयरको बिमान दुर्घटनाको पहिलो जानकारी पनि ट्वीटर मार्फत भएको थियो । कुनै ट्वीटर प्रयोगकर्ताले “सुकुम्बासी वस्ती नजिक धुवाँको मुस्लो देखियो त्यहाँ पक्कै पनि केही भयो ।” भनेर गरेको ट्वीट्स नै आखिर बिमान दुर्घटनाको पहिलो जानकारी भयो । पछि अनलाईन र टेलिभिजनहरुले पनि फेसबुकमा पोष्ट भएका तस्वीरलाई सुरुमा प्रयोग गरेका थिए ।

के होला “सामाजिक सञ्जाल” हो हामीले पक्कै पनि फेसबुक, ट्वीटर, ब्लग जस्ता शब्दहरु निकै सुन्दै आएका छौं कतिपयले त यो भन्दा पनि बढीको नाम सुनेको र प्रयोग पनि गर्दै आएका छौं होला । फेसबुक, ट्वीटर, ब्लग जसलाई हामी “सामाजिक सञ्जाल” अर्थात “न्यु मिडिया” भनेर चिनिन्छ । इन्टरनेटको माध्यबाट प्रयोग गरिने “सामाजिक सञ्जाल” हामी जस्ता मिडियाकर्मीका लागि त यस्ता अहिले निकै अपरिहार्य भई सकेका छन् । यिनै “सामाजिक सञ्जाल” को प्रयोगले हामीलाई समचारको खोजी गर्न पक्कै पनि सजिलो भएको छ ।
“सामाजिक सञ्जाल” मा आएका सुचनालाई पछ्याएर हामीले सजिलै समचार तयार पार्न सक्ने भएका छौ । किनकी हामीलाई समाचारका लागि सूचना चाहीन्छ । अनि त्यो सूचना यिनै “सामाजिक सञ्जाल” मा पनि प्रशस्तै पाइन्छ । हुन त “सामाजिक सञ्जाल” मा सूचना मात्र लिने दिने काम हुदैन् । यसको प्रयोग गरेर हामीले एक अर्कामा कुराकानी गर्न सक्छौ । एक अर्कामा अनुभवहरु आदान प्रदान गर्न सक्छौ । अरुका विचारमा छलफल र बहस गर्न सक्छौ । फोटो, भिडियो, अडियो आदिलाई अरुका बिच बाड्न सक्छौ । आफ्ना विचार, भावना अनि आक्रोस र पिडालाई समेत बाड्न सक्छौ ।
“सामाजिक सञ्जाल” मार्फत एक व्यक्तिले प्रयोग गर्ने हरेक गतिविधिलाई एकै पटक हजारौ व्यक्तिले हेर्न सक्ने, तेस्रो अर्को व्यक्तिले पनि थाहा पाउँने भएकाले यसलाई “सामाजिक सञ्जाल” भनिएको छ । नागरिक पत्रकारिताको बढ्दो प्रयोगका कारण अहिले यसलाई “न्यु मिडिया“ पनि भनिन थालिएको छ । सामाजिक सञ्जालको प्रयोगका लागि पत्रकार नै हुनु पर्ने पनि होइन् । यो त इन्टरनेटको पहुँच भएको जो सुकैले प्रयोग गर्न सक्छन् । अनि “सामाजिक सञ्जाल” हरुमा आ–आफ्नै प्रकारका सुविधाहरु छन् । जसलाई हामीले प्रयोग गर्न सक्छौ ।
“सामाजिक सञ्जाल” मा राम्रा कुरा मात्र हुन्छन् त ? त्यसो त सामाजिक “सामाजिक सञ्जाल” को प्रयोग सबै राम्रा कामका लागि मात्र हुन्छ भन्ने छैन् । “सामाजिक सञ्जाल” मार्फत अस्लिता फैलाउँने देखी अपराधिक घटना बढाउँने काममा समेत यसको प्रयोग हुन थाले पछि विश्वका कतिपय देशमा यसको प्रयोग माथिनै प्रतिबन्ध लगाइएको छ । हाम्रो देशमै पनि बेला बेलामा “सामाजिक सञ्जाल” मार्फत विभिन्न अपराधिक घटना भएको प्रशस्तै उदाहरणहरु छन् ।
त्यसैले सामाजिक सञ्जालको प्रयोग गर्नु अघि यसको प्रयोग विधिबारे सामान्य जानकारी सँगै कानुनी ज्ञान पनि हुनु जरुरी छ देखिएको छ । नेपालमा “सामाजिक सञ्जाल” को प्रयोगलाई अनुशासित र उपयोगी बनाउँनका लागि अहिले इक्वेल एक्सेस र युएनडीपीले देशभरका पत्रकारलाई तालिम दिने कार्यको सुरु गरेका छन् भने अन्य निकायले पनि विभिन्न गतिविधि गर्दै आएका छन् । विद्युतीय कारोवार ऐन साइबर कानुको प्रचार प्रसारलाई पनि तिब्र पारिएको छ ।
बिकास र प्रर्बधनमा पनि “सामाजिक सञ्जाल” “सामाजिक सञ्जाल” को प्रयोगबाट विभिन्न ठुला ठुला विकासका गतिविधि सञ्चालन गरिएका छन् । नेपालकै पनि गाउँ गाउँमा पुस्तकालय बनेका छन् । विद्यालय भवन निर्माण भएका छन् । विद्यार्थीलाई पढाई खर्च जुटेको छ । पत्रकारलाई पनि उपचार खर्च जुटको छ । फेसबुक मार्फत गरिएको प्रचारकै आधारमा कालिञ्चोक सामुदायिक एफएमले पनि दोलखाकै गौरीशंकर बाल गृहका अनाथ बालबालिकाका लागि ६० हजार रुपैयाँ भन्दा बढी सहयोग संकलन गरेको थियो । विश्वका ठुला ठुला उद्योगहरुले आफ्नो उत्पादनको प्रर्वधनका लागि पनि “सामाजिक सञ्जाल” को प्रयोग गर्दै आएका छन् ।
त्यसो त नेपालकै पनि साना, ठुला सञ्चार गृह पनि सामाजिक सञ्जाल सँग जोडिएका छन् । नागरिक, कान्तिपुर जस्ता ठुला दैनिक पत्रिका होस् यो उज्याले ९० नेटवर्क वा अन्य थुप्रै सञ्चार गृहहरु उनीहरुले पनि आफ्नो सञ्चार गृहमा आएको सूचना र जानकारीलाई निरन्तर रुपमा फेसबुकमा शेयर गरिरहेका हुन्छन् । अनि ट्वीटरमा ट्वीट्स गरिरहेका हुन्छन् । जसले गर्दा आफ्ना पाठक, स्रोता र दर्शक बढाउँनका लागि पनि “सामाजिक सञ्जाल” ले ठुलो सहयोग गरेको छ । भने अन्यका लागि आफ्नो उत्पादनलाई प्रर्वधन गर्न पनि सहयोग पुगेको छ ।
पत्रकारका लागि के छ त फाइदा ? पत्रकारका लागि “सामाजिक सञ्जाल” सूचनाको प्राराम्भिक स्रोत त हुने नै भयो । यसलो अलवा आफुसँग भएको जानकारीलाई बाँड्न सक्छन् । सुचनाको नयाँ स्रोत पत्ता लगाउँन सक्छन् । सम्बन्ध विस्तारका लागि पनि “सामाजिक सञ्जाल” को प्रयोग महत्वपुर्ण हुन्छ । “सामाजिक सञ्जाल” को मात्र प्रयोग गरेर पनि समाचार तयार पार्ने कार्यको थालनी भई सकेको छ । केही समय अघि काठमाण्डौंमा मिडिया फाण्डेसनले ५ जना पत्रकारहरुलाई ३ दिन सम्म एक होटल भित्र राखेर न्यू मिडियाको प्रयोग गरी समाचार तयार पार्न लगाएको थियो । जसमा पत्रकारहरुले ७२ घण्टा बन्द कोठाभित्र बसेर “सामाजिक सञ्जाल” को मात्र प्रयोग गरेर अनुसन्धानमुलक समाचार तयार पारेका थिए ।
आफुले पाएको सुचनालाई प्रमाणित गर्नका लागि पनि “सामाजिक सञ्जाल” उपयोगी छ पत्रकारका लागि । अनि आफुले लेखेर समाचार, लेखहरुलाई विश्वव्यापी बनाउँनका लागि पनि “सामाजिक सञ्जाल” गतिलो माध्यम बन्न सक्छ । जसबाट आफ्ना लागि होस या आफुले तयार पारेको समाचार वा लेख जे होस् त्यसको बारेमा सुझाब पाउँन “सामाजिक सञ्जाल” को महत्व छ । जसबाट आफुले गर्ने कामलाई थप तिर्खान सहयोग पुग्ने गर्छन् ।आफु लोकप्रिय बन्न सक्छन् । आफ्लाई परिचित गराउन सक्छन् ।
अन्तमा भर्खरै एउटा अध्यन सार्वजनिक भएको छ की युवाहरुका लागि फेसबुक र ट्वीटर यौन भन्दा पनि बढी तगडा देखियो रे । जर्मनीमा भएको यो अध्ययनले फेसबुकममा म्यासेज पठाउने, कमेन्ट गर्ने, पोष्ट भएको तस्वीर हेर्ने तथा ट्वीट गर्ने काममा यौनमा भन्दा बढी उत्साहित हुने गरेको पाइएको वीवीसीले जनाएको छ । यस्तै इण्डोनेसियमा गरिएको एक अध्यनले भने फेसबुकका कारण किशोरकिशोरीहरुले चाडो विहे गर्न थालेको तथ्य सार्वजनिक भएको थियो ।
इण्डोनेसिया फेसबुक चलाउने विश्वकै दोस्रो देश पनि हो । फेसबुकम मार्फत प्रहरीलाई अपराधी पत्ता लगाउन पनि सजिलो भएको छ । जस्तो केही समय अघि नेपालमै पश्नपत्र फेसबुकमै राखेका कारण त्यसको दोषी पत्ता लगाउन प्रहरीलाई सजिलो भएको थियो । जनवरी २००९ मा १० लाख फेसबुक प्रयोगकर्ता भएकोमा अक्टोबर २०११ को मध्य सम्ममा फेसबुक प्रयोगकर्ताको संख्या ४ करोड पुगी सकेको छ । नेपालमा भने हाल फेसबुक प्रयोग गर्नेको संख्या १८ लाख २४ हजार भन्दा बढी रहेको छ । विश्वको तुलनामा नेपाल ६३ औं स्थान पर्छ । नेपालका फेसबुक प्रयोगकर्ता ३१ प्रतिशत महिला छन् भने ५७ प्रतिशत प्रयोगकर्ता २५ देखी ३४ वर्ष उमेर समुहका छन् ।
नेपालमा १९९५ तिर भित्रिएको इन्टरनेट सेवा अहिले पनि गाउँ गाउँ सम्म पुग्न सकेको छैन् । इन्टरनेट पुहँचको आधारमा अझै पनि “सामाजिक सञ्जाल” को प्रभाव गाउँ गाउँ सम्म पुग्न सकेको छैन् । नेपाल टेलिकमको इन्टरनेट पहुँच १८ प्रतिशत नेपालीमा पुगेको भनिएता पनि विश्व बैंकले हालै मात्र सार्वजनिक गरेको तथ्याङ्क अनुसार ७.९ पतिशत नेपालीमा मात्र इन्टरनेटको पहुँच पुगेको देखिन्छ । मोवाइल इन्टरनेट गाउँ गाउँमा पुगे पनि त्यसको प्रयोगका लागि आवश्यक पर्ने स्मार्ट फोन किन्ने हैसियत अझै पनि गाउँ गाउँका नागरिकहरुमा नभएकाले आखिर यो तथ्याङ्कमा मात्र सिमित छ । आशा गरौ अबका केही दिनमा सामाजिक सञ्जालको विस्तार गाउँ गाउँ शब्ल हुने छ । अनि यो सूचनाको जालोमा बेरिने छ 

0 comments:

Post a Comment